आइक्यानलाई विश्व बैंक र एडीबीबाट समकक्षीको मान्यता


काठमाडौं ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ‘रिपोर्ट अन द अब्जरभेन्स अफ स्ट्यान्डड्र्स एन्ड कोड्स (आरओएससी) लेखांकन तथा लेखापरीक्षण (ए एन्ड ए) मूल्यांकनमा नेपालको प्रमुख राष्ट्रिय समकक्षीको मान्यता प्राप्त गरेको छ ।
विश्व बैंक समूह र एसियाली विकास बैंकले नेपाल सरकारको अनुरोधमा आइक्यानसँग सहकार्य गर्दै यो मूल्यांकन गरिरहेका छन् ।

यसले नेपालको लेखांकन तथा लेखापरीक्षण वातावरण सुधार, पारदर्शिता र लगानीकर्ताको विश्वास बढाउने सुझाव दिनेछ । यो पहलले वित्तीय सुशासन र निजी क्षेत्रमा दिगो लगानी आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

विश्वस्तरीय मापदण्डमा आधारित यो मूल्यांकनको उद्देश्य नेपालको लेखांकन तथा लेखापरीक्षण वातावरणको मूल्यांकन गर्नु, विद्यमान कमीकमजोरी र चुनौतीहरू पहिचान गर्नु तथा पारदर्शिता, जवाफदेहिता र लगानीकर्ताको विश्वास सुदृढ गर्न आवश्यक सुधारसम्बन्धी सुझाव सिफारिश गर्नु हो । नेपालले वित्तीय सुशासन सुदृढ गर्ने, निजीक्षेत्रको दिगो लगानी आकर्षित गर्ने र सबै आकारका व्यवसायका लागि वित्तीय स्रोतमा पहुँच विस्तार गर्ने प्रयास गरिरहेको बेला यो पहल अत्यन्तै महत्वपूर्ण समयमा अघि बढेको छ ।