
२०८१ साल सिङ्गो नेपाली कला क्षेत्रका लागि औसत रह्यो।
यस वर्ष पनि कला क्षेत्रमा केही राम्रा र केही विवादका घटना भए। वर्षभरि हानथापका साथ फिल्म निर्माण र प्रदर्शन भए। फिल्म प्रदर्शनको भेल नै लाग्यो। वर्षभरमा ५ दर्जनभन्दा बढी फिल्म रिलिजमा आए। तर, रिलिजमा आएका फिल्ममध्ये धेरैले व्यापारिक रूपमा असफलता भोग्नु प¥यो भने थोरै मात्र सफल सावित भए। पूर्णबहादुरको सारंगी यस वर्षको मात्र नभई हालसम्मै सर्वाधिक धेरै कमाइ गर्ने फिल्म बन्न पुग्यो। शिरफूल सबैभन्दा कम व्यापार गर्ने फिल्म बन्न पुगेको छ। पूर्णबहादुरको सारंगीले ४७ करोड रुपिया“ आसपासको व्यापार गरेको छ भने शिरफूलले सबैभन्दा कम सा“ढे १८ हजार रुपिया“ व्यापार गरेको देखिएको छ।
यो त भयो व्यापारको कुरा, वर्ष २०८१ मा विवादका घटना पनि भए। माघ १७ मा सोनाम ल्होसारको अवसरमा रिलिज तय गरेको प्रदीप खड्का अभिनित फिल्म एक्टर : टेक वन विवादका कारण काठमाडौं जिल्ला अदालतमा मुद्दा परेपछि प्रदर्शन रोकियो। रिलिजको पूर्व सन्ध्यामा एक्टर नामक अर्को फिल्मले उक्त फिल्मको नाम उस्तै भएकाले व्यापारमा प्रभाव पारेको भन्दै मुद्दा दायर गरेपछि जिल्ला अदालतको आदेशमा फिल्मको प्रदर्शन रोकियो। दुई फिल्मका निर्माताबीच सहमति भएपछि एक्टरले मुद्दा फिर्ता लियो र एक्टर टेक वन रिलिजमा आयो। पछि एक्टर ः टेक वनका निर्माता थमनकुमार भण्डारी र मोती कार्कीले एक्टरका निर्माता सम्राट थापा र उनकै कम्पनी डायस्पोरा इन्टरटेनमेन्टविरुद्ध काठमाडौं जिल्ला अदालतमा अनुचित समृद्धि मुद्दा दर्ता गरे। निर्माण समूहले एक्टरका निर्माताबाट आर्थिक ब्ल्याकमेलिङको प्रयास भएको दाबी गरेका थिए।
कलाकर्मीका कुरा गर्नु पर्दा विवाहदेखि डिभोर्ससम्मका घटना भए।
बिहेलगत्तै डिभोर्सदेखि आत्मसमर्पणसम्म

-२०८१ साल बैशाख पहिलो साता गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटाका साथ विवाह बन्धनमा बा“धिइन्। बैशाख ५ गते करिव दुई वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका उनीहरूबीच झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आफन्त परिवारजन तथा केही कलाकर्मीको सहभागितामा विवाह भएको थियो। गीतकार समेत रहेका बाग्लुङ निवासी विष्णु केही समयदेखि अस्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन्। विवाहको ६ महिना नपुग्दै उनीहरूबीच सम्बन्ध विच्छेदको अपुष्ट हल्ला शुरू भएका थिए। माघ अन्तिममा गायिका एलिना चौहान र उनका गायक पति विष्णु सापकोटाबीच सम्बन्ध विच्छेद भयो। गायिका चौहानले सामाजिक सञ्जालमार्फत पतिस“ग सम्बन्धविच्छेद भएको जनाउँदै लामो भावनापूर्ण स्ट्याटस सेयर गरेकी थिइन्। उनले पति सापकोटाबाट अंशवापत पाउने सम्पत्ति नलिने उल्लेख गर्दै लेखेकी थिइन् ‘पत्नीका रूपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। तिमीलाई बा“की जीवनको धेरै धेरै शुभकामना बिष्णु।’ एलिनाले स्ट्याटसस“गै विवाहका महत्वपूर्ण पलका तस्वीर पनि सार्वजनिक गरेकी थिइन्।

-वैशाख अन्तिम साता गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरे। वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका ओडमाथि जिल्ला अदालतबाट पँ“च दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको थियो। वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकै श्रीमतीले २०८० चैत २० गते कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन्। त्यसपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण ओड पक्राउ परेका थिएनन् भने कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले इलाका प्रहरी कार्यालय झलारीमा आफै“ उपस्थित भएर आत्मसमर्पण गरेका थिए।
-वर्ष २०८१ को टेलिभिजन गायन रियालिटी शो नेपाल आइडल सिजन–५ को उपाधि बर्दियाका करण परियारले चुमे। असार पहिलो साता नेपाल आइडलको स्टुडियोमा आयोजित ग्रान्ड फाइनलमा तीन अन्तिम प्रतस्पिर्धी मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्। दर्शकको भोटका आधारमा विजेता चुनिएका उनले सो उपाधि जितेस“गै ट्रफीसहित २५ लाख रुपियाँ नगद र अन्य पुरस्कार प्राप्त गरे। करणले नेपाल आइडलको अडिसनमा संगी बोलको गीत गाएर निर्णायकको मन जितेका थिए। त्यस क्रममा उनले कार्पेट पसलमा डेलभरी ब्वाइको रूपमा काम गर्ने बताएका थिए। पोखराकी सलोमी गुरुङ फस्ट रनर्सअप भइन्। उनले ट्रफीसहित नगद १० लाख रुपियाँ प्राप्त गरिन्। दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड र दार्जिलिङकै मोहित भुजेल थर्ड रनर्सअप भए।
-साउन तेस्रो साता हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३०औं संस्करणमा आस्माकुमारी केसीले सन् २०२४ को मिस नेपालको उपाधि चुमिन्। २५ सुन्दरीलाई पछि पार्दै आस्माले मिस नेपाल वल्र्डको उपाधि जितेकी हुन्।

-लामो समयदेखि प्रेमसम्बन्धमा रहेका गायक महेश काप्mले र गायिका अस्मिता अधिकारी फागुन २२ मा वैवाहिक बन्धनमा बाँधिए। गत असारमा दुबईस्थित संसारको अग्लो टावर बुर्ज खलिफा अगाडि इन्गेजमेन्ट गरेका उनीहरूले दुवै पक्षका परिवार, आफन्त र संगीतक्षेत्रका केही व्यक्तिको सहभागितामा राजधानीको एक ब्याङ्क्वेटमा विवाह गरेका हुन्।
बजेट नीति तथा कार्यक्रम उस्तै

सरकारले अघिल्ला वर्षमा झैं वर्ष २०८१ मा पनि आफ्नो बजेट, नीति तथा कार्यक्रममा सामान्य सम्बोधन ग¥र्यो। फिल्म र कला क्षेत्रका लागि आर्थिक वर्ष २०८१-८२ को बजेटले उत्साह दिन सकेन। जसका कारण फिल्म क्षेत्रलाई उद्योगको रूपमा विकास गर्दै बजेटमा प्राथमिकतामा राख्नुपर्ने आवाज उठाउने फिल्मकर्मीलाई यस वर्षको बजेटले पनि निराश बनायो। सरकारले २०८१ जेठ १ गते प्रस्तुत गरेको आर्थिक वर्षको नीति तथा कार्यक्रममा फिल्म र संगीत क्षेत्रलाई पनि सम्बोधन गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा फिल्म पर्यटन प्रवद्र्धन गर्न हलिउड तथा बलिउड फिल्म छायांकनका लागि निर्मातालाई आकर्षित गरिने घोषणा गरेका थिए। ‘हलिउड तथाबलिउडलगायत अन्तर्राष्ट्रिय फिल्म निर्मातालाई नेपालमा फिल्म छायांकनका लागि आकर्षित गरी फिल्म पर्यटन प्रवद्र्धन गरिनेछ’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भनेका थिए। त्यस्तै, ऐतिहासिक फिल्म, गीत, संगीत, अनुसन्धान तथा स्वदेशी फिल्मको प्रवद्र्धन गर्न परिवर्तनका लागि कला र साहित्य कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको थियो। तत्कालीन अर्थमन्त्री वर्षमान पुनले संघीय सरकारको बजेट प्रस्तुत गर्दै फिल्म क्षेत्रलाई सामान्य सम्बोधन मात्र गरेका थिए। अर्थमन्त्री पुनले बजेट प्रस्तुत गर्दैै अघिल्लो वर्षजस्तै बनेपामा फिल्म छायांकनका लागि स्टुडियो निर्माण कार्य शुरू गरिने र दोलखा फिल्म नगरीलाई सार्वजनिक, निजी, साझेदारीमा निर्माण कार्य अगाडि बढाइने घोषणा गरेका थिए।
सम्मान र अवार्ड

बैशाख पहिलो सातामा भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले अग्रज गीतकार राजेन्द्र थापालाई १ लाख राशिको बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट सम्मान ग¥र्यो भने २५ हजार राशिको भीम विराग युवा संगीत पुरस्कार २०७९ बाट निशा सम्मानित भइन्। हेटौंडामा आयोजित १५औं संस्करणको कार्यक्रममा प्रदान गरिएको सो सम्मान तथा पुरस्कार हेटांैडाका उद्यमी–व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले २०६४ सालमा आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा स्थापना गरेका थिए।
-वैैशाख ८ गते रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण फिल्म महोत्सवमा लक्ष्मण सुवेदीद्वारा निर्देशित सतीदेवी सर्वोत्कृष्ट फिल्म र दिमाग खराबबाट निश्चल बस्नेत सर्वोत्कृष्ट निर्देशक घोषित भए। सुवेदीले सतीदेवीबाट पटकथाको अवार्डलाई पनि आफ्नो बनाए। महोत्सवमा नाङ्गो गाउ“बाट दयाहाङ राई सर्वोत्कृष्ट अभिनेता र दिमाग खराबबाट स्वस्तिमा खड्का सर्वोत्कृष्ट अभिनेत्री भएकी थिइन्।
-वैशाख अन्तिम साता वुमेन्स एरा एन्ड मिडिया ग्रुप नेपालको आयोजनामा राजधानीमा चौथो संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०८० सम्पन्न भयो। कार्यक्रममा गायिका ज्ञानु राणालाई दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको थियो। सिक्किमका साहित्यकार जीवन शर्मालाई हिमालयन गीत÷संगीत विशेष सम्मान र फिल्म निर्मात्री तथा अभिनेत्री रुश्मा राईलाई विशेष सम्मानबाट सम्मानित गरिएको कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो।

जेठ पहिलो साता सम्पन्न राष्ट्रिय संगीतकर्मी संघको १८औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रीय महाधिवेशनले लोकगायक प्रकाश कटुवाललाई निर्विरोध अध्यक्ष निर्वाचित ग¥र्यो। राजधानीमा सम्पन्न महाधिवेशनले संघको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती, उपाध्यक्षमा रमेश दुलाल (कागे), कुमार कार्की, जीवन परियार र तीर्थबहादुर श्रेष्ठ (मिलन), महासचिवमा विनोद ढकाल, उपमहासचिवमा मानबहादुर तामाङ र रवीन्द्र रिमाल, सचिवमा दिनेश डा“गी, शोभा थापा, आशा लामा र रुपक परियार, सहसचिवमा स्मृति गौतम, प्रवक्तामा सविन चौहान, कोषाध्यक्षमा गोविन्द गौतम र सहकोषाध्यक्षमा टीका सानुलाई निर्वाचित गरेको थियो। केन्द्रीय सदस्यमा नवराज भट्टराई, कुलबहादुर वली, दिनेश भण्डारी, नहकुलप्रसाद गौतम, प्रदीप रोक्का, अशोक सापकोटा, रुपेश पुडासैनी, ऐनबहादुर दौड्याल, दिलु बिसी, ढकबहादुर खत्री, उमेश शिवाकोटी, दिलबहादुर भण्डारी (दिनेश), यज्ञकुमारी रुचाल, शंकर ढकाल, सुमी श्रेष्ठ, निरुता खत्री, प्रतिमा अर्याल र सुजता केसी निर्वाचित भएका छन्।
-जेठकै पहिलो साता छायाछवि क्रियसनको आयोजनामा राजधानीमा १५औं संस्करणको डी सिने अवार्ड सम्पन्न भयो। कुल २४ विधामा अवार्ड प्रदान गरिएको समारोहमा फिल्म प्रकाशबाट प्रदीप खड्का अभिनेता र झिंगेदाउबाट आँचल शर्माले अभिनेत्रीको अवार्ड चुमे भने झिंगेदाउ सर्वोत्कृष्ट फिल्म बन्यो भने प्रकाशबाट दिनेश राउत सर्वोत्कृष्ट निर्देशक बने। जेठकै पहिलो साता नेपाल समाचारपत्रका वरिष्ठ समाचार सम्पादक विदुर गिरीलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८१ बाट सम्मानित गरियो। चलचित्र पत्रकार संघ नेपालले संघको २५ औ वार्षिकोत्सवको अवसर पारेर संघका पूर्व अध्यक्षसमेत रहेका गिरीलाई ५५ हजार पाच सय ५५ रुपियाँसहित चलचित्र पत्रकारिता रजत सम्मान २०८१ बाट सम्मान गरेको हो। वार्षिकोत्सव समारोहमा पत्रकार कृष्ण भट्टराई र राज श्रेष्ठलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान, सुरज खड्का र अशेष अधिकारीलाई जनही नगद ५१ हजार रुपियाँसहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार, शिव पुन र मदन रिजाललाई जनही २५ हजार रुपिया“सहित क्रमशः राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता र राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो।
-जेठ दोस्रो साता नै फिल्म निर्देशक तथा लेखक लक्ष्मीनाथ शर्मा लाइफटाइभ अचिभमेन्ट अवार्डबाट सम्मानित भए। कोशी फिल्म महोत्सव २०८१ को अवसरमा शर्मालाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले लाइफटाइभ अचिभमेन्ट अवार्डबाट सम्मान गरेका हुन्। ४४ छोटा तथा फिचर फिल्म सहभागी महोत्सवमा कोशी प्रदेशमा फिल्म निर्माण, विश्वबजारमा नेपाली फिल्म, नेपाली फिल्ममा महिला भन्ने विषयमा दिनेश डिसी, नवल खड्का, नवीन सुब्बा, सुचित्रा श्रेष्ठ र संगीता श्रेष्ठका साथ अन्तक्र्रिया गरिएको थियो।
-एनएफडीसी राष्ट्रिय पुरस्कारका नाममा हु“दै आएको अवार्ड कार्यक्रम जेठ १९ गते गोपीकृष्ण राष्ट्रिय चलचित्र पुरस्कारको रूपमा सम्पन्न भयो। अवार्ड समारोहमा ख्यातिप्राप्त अभिनेता, निर्माता, निर्देशक, लेखक तथा गीतकार नीर शाहलाई ५१ हजार रुपिया“सहित फल्म व्यवसायी तथा राजनीतिज्ञ उद्धव पौडेलको नाममा स्थापित उद्धव दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको थियो। समारोहमा नेपाल समाचारपत्रको प्रकाशन संस्था कामना न्यूज पब्लिकेसन्स्का संस्थापक स्व. पुष्करलाल श्रेष्ठको नाममा स्थापित पुष्कर सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार नगद २१ हजार श्याम स्मृतलाई प्रदान गरियो।
-जेठकै तेस्रो साता गीतकार संघ नेपालको १५औं स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित राष्ट्रिय स्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रम– २०८० मा लोककप्रिय गीतकार तथा गायक डा. भोला रिजाललाई अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८० बाट सम्मानित गरियो। रिजाललाई नगद एक लाख ५१ हजार रुपैया“सहित माला र ताम्रपत्र सहित प्रमुख अतिथि संस्कृति तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सम्मान गरेका थिए। कार्यक्रममा मैथिली गीतकार अशोक दत्तलाई २५ हजार दुई सय ५२ रुपियाँसहित विष्णु मनसरा मातृभाषा २०८० प्रदान गरियो भने पद्मा लिंखा मगरलाई १५ हजारसहित वर्ष डायस्पोरा गीतकार सम्मान प्रदान गरियो। त्यसैगरी भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार पुरस्कार–२०८० मा छनोटमा परेका १० गीतमध्येबाट दुई गीत पुरस्कृत भए। मदनमाबो लिखित आमा र विष्णु भण्डारीद्वारा लिखित चाहना हो तिमी मेरो जनही २८ हजार पाच सय रुपैयाँसहित पुरस्कृत भएका हुन्। त्यसैगरी जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार–२०८० बाट दुई गीति पुस्तक गीतकार पूर्णबहादुर साउद शिरीषद्वारा लिखित आधाआधी र जनक वाग्ले लिखित मैना चरी कहा“ गई पुरस्कृत भए। साउद र वाग्लेलाई जनही २८ हजार पा“च सय रुपैया“सहित पुरस्कृत गरिएको थियो।

-जेठ तेस्रो साता राजधानीमा सम्पन्न २१औ काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) अन्तर्गत नेपाल पानारोमामा प्रद्युम्न मिश्रको दुविधा र देवेन्द्र खत्रीको नेपाली फिक्सन विजयी भए भने प्रभात गुरुङको द मोंक एन्ड द रेबेल र समलकुमार बज्राचार्यको हावाम्यानलाई स्पेसल मेन्सन्स अवार्ड प्रदान गरियो। फेस्टिभलमा अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्टता हासिल गर्ने वृत्तचित्रलाई एक हजार पाँच सय अमेरिकी डलर, लघु वृत्तचित्रलाई एक हजार डलर, उत्कृष्ट फिचर कथानकलाई एक हजार पा“च सय डलर र उत्कृष्ट लघु कथानकलाई एक हजार डलर पुरस्कार प्रदान गरिएको थियो। त्यसैगरी नेपाल पानोरमाअन्तर्गत सर्वोत्कृष्ट वृत्तचित्र, उत्कृष्ट कथानक फिल्म र अडियन्स च्वाइस् अवार्ड विजेतालाई एक लाख रुपैयाँ प्रदान गरिएको थियो।
-जेठ अन्तिम साता संगीतका विभिन्न ३८ विधामा अवार्ड प्रदान गर्दै राजधानीमा ११औ संस्करणको म्युजिक खबर म्युजिक अवार्ड २०८० सम्पन्न भयो। कार्यक्रममा गीतकार चूडामणि देवकोटालाई नगद ५१ हजार रुपैया“सहित दीर्घ साधना सम्मान, पप सम्राट ओमबिक्रम विष्टलाई विदेशमा रहेर पनि तीन दशकभन्दा लामो समयदेखि निरन्तर योगदान पु¥याएवापत डायस्पोरा संगीतबाट सम्मान गरियो।
-असार दोस्रो साता कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सहआयोजनामा राजधानीमा १२औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२४ सम्पन्न भयो। महोत्सवमा अफ्रिकन कथानक फिल्मको अवार्ड रामदान सुलेमानद्वारा निर्देशित साउथ अफ्रिका, मोजाम्बिया र जिम्बाबेको फिल्म फुलले जितेको थियो भने अफ्रिकन वृत्तचित्रको अवार्ड तान्जानियाँ र टर्कीको वृत्तचित्र ह्वाइट पोजनले प्राप्त गरेको थियो। महोत्सवमा नेपाली कथानक फिल्म विधामा गोर्खा वारियर उत्कृष्ट फिल्म घोषित भयो भने यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड मिलन चाम्स र उत्कृष्ट अभिनेताको अवार्ड रितेश चाम्सले जिते।
प्रतिक्रिया