दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने


काठमाडौँ।

यस वर्षको दसैँमा घर फर्किने यात्रुका लागि असोज २३ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुला हुने भएको छ।

यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भएको बैठकले दसैँको यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन उक्त मिति तय गरेको हो।

विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार यात्रुको चापलाई ध्यानमा राख्दै सवारीसाधन व्यवस्थापन, टिकट बुकिङ तथा यात्रु सुरक्षाका लागि आवश्यक तयारी भइरहेको छ। यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्‍याउन सम्बन्धित निकाय, यातायात व्यवसायी र सुरक्षा निकायसँग समन्वय गरिने विभागले जनाएको छ।