काठमाडौँ ।
नेकपा एमालेले आज संसदीय दलको बैठक बोलाएको छ। च्यासलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिनेछन्।
बैठकमा गत संसद् अधिवेशनमा एमालेले खेलेको भूमिकाको समीक्षा गरिनेछ। साथै, आगामी दिनमा सांसद तथा पार्टी नेताहरूले खेल्नुपर्ने भूमिकाबारे अध्यक्ष ओलीले निर्देशन दिने संसदीय दलका उपनेता पद्मा अर्यालले जानकारी दिइन्।
एमालेले संसद् अधिवेशन सुरु हुनुअघि र समाप्त भएपछि संसदीय दलको बैठक बोलाएर अधिवेशन अवधिका कामकारबाहीको समीक्षा गर्दै आएको छ।











प्रतिक्रिया