काठमाडौं ।
काठमाडौंमा जारी नेपाल क्यान्सर सम्मेलन (NCC 2026) अन्तर्गत आज स्तन क्यान्सर बचाउ तथा क्यान्सर औषधिको समान पहुँचसम्बन्धी विभिन्न सत्र आयोजना भएको थियो ।



होटल र्याडिसन काठमाडौंमा हुने स्तन क्यान्सर बचाउ सत्रमा नेपालका विभिन्न सामाजिक तथा भौगोलिक पृष्ठभूमिका क्यान्सरबाट बचेका व्यक्तिहरूले उपचारपछिको जीवन, पुनरावृत्तिको डर, थकान तथा उपचारको आर्थिक बोझलगायतका विषयमा आफ्ना अनुभव प्रस्तुत गरेका थिए। सत्रमा बिरामीदेखि अधिवक्तासम्मको यात्राका साथै क्यान्सर हेरचाह प्रणालीलाई अझै बिरामीकेन्द्रित बनाउने उपायबारे पनि छलफल भएको थियो।
त्यस्तै, दिउँसो हुने औषधि संगोष्ठी सत्र–२ मा ‘औषधि अभावदेखि क्यान्सर औषधि सुरक्षासम्म’ विषयमा छलफल गरेको छ ।। क्यान्सर औषधिमा समान पहुँच, औषधि सुरक्षा तथा राष्ट्रियस्तरमा आवश्यक कार्ययोजनाबारे स्वास्थ्य क्षेत्रका विज्ञ, नीति निर्माता तथा सरोकारवालाबीच छलफल भएको आयोजकले जनाएको छ।
सम्मेलनका छलफलबाट प्राप्त सुझावलाई नेपालमा क्यान्सर उपचार तथा बचाउपछिको हेरचाहलाई थप प्रभावकारी र दिगो बनाउन राष्ट्रिय कार्य एजेन्डा निर्माणमा उपयोग गरिने जनाइएको छ।











प्रतिक्रिया