नेपाली कांग्रेसको १५औँ महाधिवेशन बझाङमा : उत्साहका साथ मतदान हुँदै

0
Shares

“केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि काँग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेही लगायत जिल्लाका पुराना र युवा नेताहरूकाे सहभागीता रहेकाे छ “

बझाङ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बझाङ जिल्लामा महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान प्रक्रिया उत्साहपूर्ण रूपमा अघि बढिरहेको छ। बझाङका १२ वटा पालिकाका ९४ वडाबाट क्षेत्रीय प्रतिनिधिहरू बिहानैदेखि मतदानस्थलमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। बुधबार बिहान ७ बजे देखि सुरू हुने भनिय पनि प्राविधिक ब्यावस्थापनले गर्दा केही समय ढिला भई ९:५० बजे सुरू गरिएकाे थियाे ।

मतदान प्रकृयालाई छिटो छरितो बनाउन १० वटा स्थानमा राईट “भाेट”हाल्ने ब्यावस्था मिलाई ५ वटा मत पेटिकामा मत खसाल्ने ब्यावस्था मिलाईएकाे निर्वाचन अधिकृत भरत धिमिरेले जानकारी दिएका छन् । उनका अनुसार जिल्लाका सुरक्षा निकाय,नेपाल पत्रकार महासंघ बझाङ लगायत सबै सराेकारवाला काे महत्त्वपूर्ण साथ र सहयोगमा निर्वाचन भैरहेकाे बताए । जेष्ठ नागरिक लगायतलाई सहज संगै मतदान गर्ने ब्यावस्था मिलाईएकाे बताए । प्रतिनिधि सभा १ रहेकाे बझाङमा क्षेत्र “क” र “ख” रहेका छन् ।


महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन गर्न सबै पालिकाबाट मतदाताहरू लाईनबद्ध भएर मताधिकार गरिरहेका छन् । जसमा केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि जम्मा २१सय ६५जना क्षेत्रीय प्रतिनिधि रहेका छन् भने । क्षेत्र नं १ “क”मा ११सय ५७ र क्षेत्र नं २”ख”१ हजार ८ मतदाता रहेका छन् ।

नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यास, नेतृत्व चयन र संगठनको आगामी दिशाका लागि महत्वपूर्ण मानिएको महाधिवेशनमा प्रतिनिधिहरूको सहभागिताले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रलाई थप जीवन्त बनाएको सहजै मुल्यांकन गर्न सकिन्छ ।
जिल्ला समन्वय समिति बझाङकाे प्राङ्गणमा सुरू भएकाे मतदानमा वडा-वडाबाट आएका क्षेत्रीय प्रतिनिधिहरू अहिले रूपान्तरणकाे पक्षमा रहेका छन् ।

केन्द्रमा नेतृत्व परिवर्तनकाे नारा संगै जिल्लामा पनि पुराना नेताहरूलाई परिवर्तन गरि युवा नेतृत्व ल्याउने प्रतिनिधिहरू बताउन्छन् । मतदानस्थलमा उत्साहपूर्ण सहभागिता देखिएको छ। मतदान स्थलकाे सुरक्षा नेपाल प्रहरी र सशस्त्र प्रहरी काे नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाले लिएका छन् । मध्यन्न 12 बजे सम्म ३ सय ६४ मतदाताहरूले मतदान गरेका छन् ।

जिल्लामा दुई समुहमा बिभाजन भई एक टिमकाे नेतृत्व पुर्व सभापति सत्यराज भण्डारीले लिएका छन् भने अर्काे टिमकाे नेतृत्व सुदूरपश्चिम प्रदेशका स्वर्गीय मन्त्री पृथ्वीबहादुर सिंहका छाेरा तथा काँग्रेसका युवा नेता अभिषेक बहादुर सिंहले युवाहरूकाे नेतृत्व लिएका छन् ।