मनाङमा खानेपानीको हाहाकार, बाढीले पाइपलाइन बगाएपछि चामेमा संकट


मनाङ ।

बाढीपहिरोका कारण खानेपानीको पाइपलाइन बगाएपछि मनाङको चामे आसपासका क्षेत्रमा पिउने पानीको अभाव सिर्जना भएको छ।
जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) मनाङका अनुसार बाढीले पानीको स्रोतबाट ल्याइएको पाइपलाइन बगाएपछि चामे आसपासका बस्तीमा खानेपानीको समस्या देखिएको हो। मनाङमा पानी सञ्चित गर्ने व्यवस्था नहुँदा अभाव थप जटिल बनेको छ।

यसैबीच, मर्स्याङ्दी नदीको बहावमा खासै परिवर्तन आएको छैन। नदीको बहाव हिजोको अवस्थामै रहेको छ। जिल्लामा हाल पानी नपरेको र घाम लाग्ने संकेत देखिएको डीईओसीले जनाएको छ।

राति १० बजेपछि पहिरो नखसेको भए पनि जिल्लामा विद्युत् सेवा अझै अवरुद्ध रहेको छ।
बाढीपहिरोका कारण खानेपानी र विद्युत् सेवा प्रभावित हुँदा मनाङको जनजीवन कष्टकर बनेको छ।