फर्मुला मिल्क बिक्रीमा कडाइ गर्ने विधेयक संसदमा


काठमाडौँ ।

सरकारले बालसूत्र (फर्मुला मिल्क) को बिक्री–वितरण र प्रयोगमा कडाइ गर्ने उद्देश्यले विधेयक संसदमा दर्ता गरेको छ।

स्वास्थ्य मन्त्री निशा मेहेताले प्रतिनिधि सभामा दर्ता गराएको ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ लाई संशोधन गर्न बनेको विधेयक’ मा औषधि पसलबाहेक अन्यत्रबाट फर्मुला मिल्क बिक्री–वितरण गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ।

विधेयकले विशेष अवस्थामा बाहेक स्वास्थ्यकर्मीले बालबालिकालाई फर्मुला मिल्क खुवाउन वा प्रयोग गर्न सिफारिस गर्न नपाउने व्यवस्था गरेको छ। सरकारले आमाको दूधलाई प्राथमिकता दिँदै फर्मुला मिल्कको अनावश्यक प्रयोगलाई निरुत्साहित गर्ने नीति लिएको जनाएको छ।