काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्दै बाँकी कार्यभार पूरा गर्नुपर्ने बताएका छन्।
संविधान दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तनका लागि सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए। संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनअधिकारलाई पछाडि फर्काउने प्रयास स्वीकार्य नहुने उनको भनाइ छ।
दाहालले संविधानका मूल्य र जनअधिकार कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए। राजनीतिक परिवर्तनलाई आर्थिक–सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने उनले बताए।
उनले संविधान केवल कानुनी दस्ताबेज नभई नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको उल्लेख गरे।











प्रतिक्रिया