काठमाडौं।
अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सन्जिव पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आर्थिक अनियमितताको आरोपमा अनुसन्धान अघि बढाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार दुवै जनालाई नियन्त्रणमा लिएको हो।
सीआईबीको टोली शुक्रबार दिउँसो एन्फाको सातदोबाटोस्थित कार्यालयमा पुगेको थियो। टोलीले अनुसन्धानका क्रममा विभिन्न कागजातसहित कम्प्युटर र मोबाइलसमेत बरामद गरेको बताइएको छ।
नियन्त्रणमा लिइएका जोशी र पाण्डेलाई थप सोधपुछका लागि सीआईबीको लाजिम्पाटस्थित कार्यालय लगिएको छ।
उनीहरूसँग अहिले सोधपुछ भइरहेको र अनुसन्धानका क्रममा आवश्यक देखिए हिरासतमा राखेर थप अनुसन्धान अघि बढाउने सीआईबीको तयारी रहेको बताइएको छ।











प्रतिक्रिया