रुपन्देही ।
नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल चोरी गरिरहेको आरोपमा रुपन्देहीमा तीनवटा ट्याङ्करसहित एक जना पक्राउ परेका छन्।
सिद्धार्थनगर नगरपालिका–८ स्थित एक स्थानमा मंगलबार नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिएको हो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त प्रहरी टोलीले ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा उनीहरूलाई फेला पारेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलमा दुईवटा ट्याङ्कर फेला परेका थिए भने अर्को एक ट्याङ्कर घटनास्थलबाट भागेको थियो। प्रहरीले उक्त ट्याङ्करलाई पछ्याउँदै नियन्त्रणमा लिन सफल भएको जनाएको छ।
नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया