खुर्पा प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ


काठमाडौँ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनय त्रिवेणी गाउँपालिकामा श्रीमान्ले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

विनय त्रिवेणी गाउँपालिका–३ चिसापानीका करिब ४३ वर्षीय शेरबहादुर विकले आफ्नी करिब ४० वर्षीया श्रीमती उनिमाया विकको घाँटीमा खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी उनिमायाको घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि सोको अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले शेरबहादुरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।