हातेकल चलाउदा करेन्ट लागेर एकको ज्यान गयो

752
Shares

उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईमा आइतबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका सुकदेव चौधरी रहेको बताइएको छ ।

स्थानीय शिक्षक भाष्कर चौधरीले दिएको प्रारम्भिक जानकारी अनुसार बिहान हातमुख धुने क्रममा हातेकलमा जडान गरिएको विद्युतीय मोटर सञ्चालन गर्न खोज्दा चौधरीलाई अचानक करेन्ट लागेको थियो ।

करेन्ट लागेपछि गम्भीर अवस्थामा भेटिएका चौधरीको घटनास्थलमै मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाको विस्तृत कारण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिवाईले जानकारी दिएको छ । प्रहरीले विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउनसमेत आग्रह गरेको छ ।