घरघरमा पानीको धारो पुर्‍याउने धापासीका कर्मशील नागरिक 

सधैं टयांकर गुडने गाउंमा ट्यांकर देखिनै छोड्यो

564
Shares

काठमाडौँ। 

केही बर्षदेखि निरन्तरजसो ट्यांकरबाट पानी किनेर खाँदै गरेका काठमाडौँ  टोखा ६ शिवमन्दिर परिसर क्षेत्रका नागरिकका घरमा धारो बग्न थालेपछि स्थानीय नागरिकहरुमा उत्साह छाएको छ । स्थानीय नागरिकहरु आफै सक्रिय भएर नैनदेवी हरिहर गुरुकुल धार्मिक बन क्षेत्रको सीमपाखामा बोरिङवाट पानी निकाली एक लाख २० हजार लिटर बराबरको पानी संकलन गर्ने ट्यांकीवाट पानी वितरण प्रारंभ भएको छ ।  

खानेपानीेको समस्यालाई ध्यानमा राखेर  शिबमन्दिर परिसर टोलसुधार समितिको भेलाले उपभोक्ता समिति बनाएर काठमाडौँ  टोखा नगरपालिका ६ सीमपाखावाट खानेपानी निकाल्ने र ट्याङ्की निर्माण प्रक्रिया थालेको झण्डै तीन बर्षमा सम्पूर्ण काम सम्पन्न भएपछि त्यस क्षेत्रका करीब ६ सय परिवारमा पानी वितरण प्रारंभ भएको छ । 

नागरिकले आफना लागि आफै खानेपानी समस्याको समस्या समाधान गरेकोमा पूर्व मन्त्री एवं सोही क्षेत्रका पूर्व सांसद प्रदिप पौडेलले खुसी व्यक्त गर्दै आफूले आफनो ठाउंवाट पहल गरेपनि शिबमन्दिर टोलका नागरिकहरु सक्रिय भएर नलागेको  भए यो काम  संभव हुने थिएन भन्दै स्थानीय नागरिकहरुको सक्रियता प्रति आभार व्यक्त गर्देै खुसी प्रकट गर्नुभएको छ । 

नैनदेवी हरिहर गुरुकुल धार्मिक ब्यबस्थापन समितिले खानेपानी ट्याङ्की निर्माण स्थलका लागि सीमपाखा बनको १० बर्षे कार्ययोजना बनाएर डिभिजन बन कार्यालय हात्तिबनवाट स्वीकृत गराएपछि  खुलेको बाटाले गर्दा  अहिले पानीको धारा घरघरमा पुग्ने भएको छ ।  हरिहर मन्दिर सन्यास आश्रम सञ्चालक समिति काठमाडौँ , शिबमन्दिर परिसर टोलसुधार समिति कार्यसमिति, टोखा ६  वडाध्यक्ष शान्ता खनाल पौडेल सहित सिंगो वडा कार्यालय , टोखा नगरपालिकाको संयोजन  एवं खानेपानी तथा सरसफाइ डिभिजन ५ भक्तपुरको आर्थिक तथा प्राविधिक सहयोगले गर्दा स्थानीय नागरिकहरुले खानेपानी समस्याको समाधान गर्न सफलता हासिल गरेका छन । 

सीमपाखा खानेपानी उपभोक्ता समितिको निरन्तरको नेतृत्वदायी भूमिका र शिवमन्दिर परिसर कार्यसमितिका पदाधिकारी र  सल्लाहकारहरुको  हरेक समस्या समाधान गर्न गरेको सहयोग एवं नैनदेवी हरिहर गुरुकुल धार्मिक बन ब्यबस्थापन समितिको कानुनी झण्झट हुन नदिन गरेको पहलवाट प्रतिसेकेण्ड ७ लिटर पानी ट्यांकीमा जम्मा हुने गरी काम सम्पन्न भएको भन्दै उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष शेरसिंह साउदले सबैलाई धन्यवाद दिनुभएको छ । उहांका अनुसार प्रतिसेकेण्ड ७ लिटर आउने योजना हो तर अहिले प्रतिसेकेण्ड साढे ३  लिटर आएपनि स्थानीय नागरिकहरुलाई पानी पुगेको जानकारी दिनुभएको छ । उहाँले हाल बाहिर रहनुभएका अध्यक्ष खुसीराम पाण्डेप्रति पनि आभार व्यक्त गर्नुभएको छ । प्रारंभमा पाण्डेकै नेतृत्वमा काम अगाडि बढेको थियो । 

कतिपय घर परिवारले लामो समयदेखि ट्यांकीको पानी किनेर घर चलाउदा निकै अफ्ट्यारो भएको थियो अहिले सीमपाखावाट पानी वितरण हुन थालेपछि  त्यस क्षेत्रमा ट्यांकरको प्रबेश रोकिएको छ । शिवमन्दिर परिसरका नागरिकहरुको पहलमा बोरिङ खन्ने र पानी ट्याङ्की सहित पानी  वितरण गर्ने  सहयोगी बस्ने कोठा र बिजुली मिटरको काम सम्पन्न भएको भएपनि त्यस टोलमा रहेका तीन सय घरपरिवार बाहेक छिमेकी अन्य टोलमा पनि पानी वितरण हुन थालेको छ ।  जनताले आफना लागि आफै लागिपरेर काम सम्पन्न गरे त्यो आफैमा निकै सकारात्मक पक्ष हो तर स्थानीय नागरिकहरुले  पटक पटक ध्यानाकर्षण गराउदा पनि  भक्तपुर खानी डिभिजनले निर्माण कार्यका लागि (ठेकदार) जसलाई संयोजन गर्न दिएको थियो उसले पूर्णरुपमा सन्तोषजनक रुपमा काम नगरेको कारण  खानेपानी वितरण हुंदै  गर्दा जुनसुकै बेला समस्या आउने हो कि भन्ने आशंका स्थानीय नागरिकहरुको रहेको छ ।

 खानेपानी निर्माण सम्पन्न भएपछि आयोजित उद्धघाटन कार्यक्रममा हरिहर मन्दिर सन्न्यास आश्रमका पीठाधीश प्रधानसंरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले मन्दिर र स्थानीय नागरिकहरुका लागि खानेपानी समस्या समाधान गर्न स्वयं स्थानीय नागरिकहरु सक्रिय भएर सफलता हासिल गर्नु अन्य क्षेत्रका लागि उदाहरणीय अनुकरणीय  रहेको बताउनुभयो । शिबमन्दिर परिसरलाई मात्र नभई अन्य वरपर पनि पुग्ने गरी  वितरण प्रारंभ गरिएको पानीलाई फिल्टर गरेर पठाउने ब्यबस्था गरेमा निकै उपयोगी हुने सुझाब दिनुभयो । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले पानी फिल्टर गर्ने ब्यबस्था नगरपालिकाले गर्ने जानकारी दिनुभयो । टोखा ६ का वडाध्यक्ष शान्ता खनालले  जसजसले काम सम्पन्न गर्न अहं भुूमिका खेले उनीहरु प्रति बिशेष आभार व्यक्त गर्र्देै स्थानीय नागरिकहरुका लागि मात्र नभएर अन्य क्षेत्रका लागि पुग्ने पानी आएको छ यसलाई ब्यबस्थित गर्देैै जान थप सचेतना आबश्यक भएको औँल्याउनुभयो । 

उपभोक्ता समितिका कार्यबाहक अध्यक्ष शेरसिंह साउदले एक करोड ४२ लाख रुपियां खर्च भएको तर  स्थानीय नागरिकहरुको भूमिका त्यो भन्दा बढि रहेको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले शिबमन्दिर टोल सुधार समितिका बर्तमान अध्यक्ष मीना शर्मा , पूर्व अध्यक्ष जलस्रोत बिज्ञ डा सन्तोष नेपाल , उपभोक्ता समितिका प्रमुख सल्लाहकार वरिष्ठ पत्रकार टंक पन्त , बन समितिका अध्यक्ष भगवान केसी , प्रदेशका पुर्व मन्त्री श्याम खडका, पूर्व मन्त्री प्रदिप पौडेल , टोखा नगरपालिका , वडा कार्यालय , हरिहर मन्दिर सञ्चालक समितिका अध्यक्ष दिवाकरप्रसाद दाहाल लगायतको सहयोग अनुकरणीय रहेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा उपत्यका खानेपानी विभाग पानीपोखरीका प्रमुख कृष्ण साहले केयुकेललाई हस्तान्तरण गर्ने प्रक्रिया  अगाडि बढेको र त्यो कार्य यथाशीघ्र सम्पन्न हुने आश्वासन दिनुभएको थियो । खानेपानी वितरण प्रक्रियालाई ब्यबस्थित गर्नेकाम केयुकेलको भएको हुनाले निर्माण कार्य सम्पन्न भएपछि उपभोक्ता समितिले केयुकेललाई हस्तान्तरण गरिसकेको छ तर हस्तान्तरणको पत्र आउन बांकी रहेको समितिले जनाएको छ । समितिले केयुकेललाई हस्तान्तरण गर्दा शिबमन्दिर परिसरका नागरिकलाई पहिलो प्राथमिकता राखेर अन्य क्षेत्रमा पानी वितरण गर्न अनुरोध गरेको छ ।