उदयपुर ।
जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले १०१ किलो ६४० ग्राम प्रतिबन्धित लागुऔषधका रुपमा रहेको गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बिहीबार साँझ ५बजे प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका वडा नं ६ स्थित लालपत्ता प्रहरी चेकपोष्टमा गाईघाटबाट सिराहा जिल्लाको लाहान बजारतर्फ जाँदै गरेको ना १ ज ८५०९ नम्बरको विङ्गर गाडीमा ३ जना मानिसहरु १ महिला र २ जना पुरुषसहित ६०.९३ केजी र को १ ज ३३१२ नम्बरको विङ्गरमा ं२ जना पुरुषसहित ४०.७१ केजी प्रतिबन्धित लागु औषध गााजा सहित फेला पारी लुकाई छिपाई ल्याएको जम्मा १०१ केजी ६४० ग्राम लागु औषध गाँजा बरामद गरिएको हो ।
सिरहा जिल्ला लहान नगरपालिकाका ५ जना मानिस र गाँजा पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय उदयपुरले दिए पनि पक्राउ पर्नेहरुको नाम ठेगाना भने खुलाइएको छैन । उनीहरु ५ (१ महिला र ४ जना पुरुष)जनालाई शुक्रबार जिल्ला अदालत उदयपुरमा पेशगरी म्याद लिएर आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।












प्रतिक्रिया