कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी


काठमाडौँ।

भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरेमा कार्यरत कमाण्डरसहितको सुरक्षाकर्मी गुमाउदा पनि सशस्त्र प्रहरी बिचलित नभई आफ्नो कर्तब्यमा डटिरहेको छ ।

भादौ १० गते बिहानको बाढीमा परी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टिमुरेमा कार्यरत रहेका सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीसहित ९ जना र त्रिशुली जलविद्युत आयोजना सुरक्षा बेस मैलुङ्गमा कार्यरत ४ जना गरी १३ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता भएका थिए । ड्युटीमा निस्किएका कमान्डर खत्री र दोश्रो कमान्डमा रहेका नायब निरीक्षक प्रकाश न्यौपाने सहितको टोली गुमाउँदा पनि सशस्त्र प्रहरी सहायक निरीक्षक ताम बहादुर थापा मगरले तुरुन्त कमाण्ड सम्हाली आफ्नो सुरक्षा फौज सुरक्षित गरेका थिए ।
बेपत्ता भएकाहरुमध्ये सशस्त्र प्रहरी जवान साजन कुँवरको शव पूर्वी नवलपरासीमा फेला परेको थियो भने अन्य सशस्त्र प्रहरी कर्मचारीहरु अझै सम्पर्क बिहीन रहेका छन् ।

बाढि गएको झन्डै २४ घण्टा सम्म सरकारी कार्यालयको नाममा सशस्त्र प्रहरी बलको बिओपी मात्र बांकी रह्यो । जुन टोलि २४ करिब २४ घन्टा सम्म प्रधान कार्यालयको समेत सम्पर्कमा आउन सकेन । बिजुली र टेलिफोन अबरुद्द हुंदा सम्पर्क बिहिन कमान्डर गुमाएको फौजले आफ्नो कर्तव्य भने चुपचाप पूरा गरिरह्यो जिम्मेवारीमा अबिचलित डटिरह्यो । भोलि पल्ट भदौ ११ गते धुन्चे बाट सो क्षेत्रमा बाढी पीडितहरुको खोज तथा उद्धारको लागि सशस्त्र प्रहरी निरीक्षक सञ्जु खत्रीको कमाण्डमा थप टोली पठाईएको थियो । उनीहरुले हालसम्म उक्त क्षेत्रमा बेपत्ता भएका ९८ जनाको शव फेला पारेका छन् ।

खोजी तथा उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरीको टोलीले भाद्र १२ गते साँझ टिमुरेमा माटोमुनि पुरिएको अवस्थामा एक ६ वर्षिया वालिकालाई जिवित उद्धार गर्न सफल भएको थियो । सो टोलीले बाढी आएको करीव ६० घण्टा पछि ती बालिका माटोमुनि रोईरहेको आवाज सुनेपछि तत्काल उत्खनन् गरी उनको जीवितै उद्धार गर्न सफल भएको हो ।

बाढी पहिरोले स्याफ्रुवेशीदेखि रसुवागढी सडकखण्ड लगायतका मुख्य राजमार्गका करीव ४१ भन्दा बढी पुल बगाएको छ भने भौगोलिक विकटता, विद्यु्त आपूर्ती अवरुद्ध भएको कारण त्यस क्षेत्रमा बेपत्ता भएका व्यक्तिहरुलाई सम्पर्क गर्न समेत कठिनाई परेको छ । उक्त क्षेत्रमा हालसम्म कुनै कार्यालय तथा घर सग्लो छैनन् ।

बाढीमा परी सम्पर्क बिहीन भएकाहरुको खोजी कार्यको लागि सशस्त्र प्रहरीले ४२ सय भन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन गरेको छ । बाढी प्रभावित क्षेत्र धादिङको मलेखु र गल्छी, नुवाकोटको देबिघाट, कोलोनी, रातमाटे,तारकेश्वर, बेत्रावाती र तारुका तथा रसुवाको त्रिशुली हाइड्रो ३ए , त्रिशुली हाइड्रो ३ बी , स्याफ्रुबेशी र बोगटिटारमा गरि १२ वटा बेश स्थापना गरी खोज तथा उद्धार कार्यलाई तिब्रता दिएको छ ।

सशस्त्र प्रहरीले जस्तोसुकै चुनौतीपूर्ण समयमा पनि कत्ति पनि विचलित नभई नेपाल सरकारले सुम्पेको जिम्मेवारीलाई दरिलो खम्बाका रुपमा उभिएर काम गर्दै आईरहेको छ । २०७२ सालको भुकम्प, कोरोना महामारी, सिमलतालको घटना लगायतका घटना, दुर्घटना तथा महामारीमा समेत उत्कृष्ट कार्य गरेका गोताखोर , सिएसएसाअर लगायतको बिशेष जनशक्ती अहिलेको बाढिमा पनि परिचालन गरिएको छ।अहिले टिमुरे देखि पश्चिम नवलपरासी सम्म करिब ८ सय जना बिशेष तालिम प्राप्त टोलि उद्दारमा परिचालित छ । जसमा बिपद ब्यबस्थापन तालिम प्राप्त करिब ५ सय जना , सीएसएसआर ७०,रोप रेस्क्यु ७० , गोताखोर ३० , उच्च पर्वतीय उद्दार-१०, शब ब्यबस्थापन-१५, ड्रोन-५, के९-५, मेडिकल टिममा ४८) सहित ४२ सय जना भन्दा बढी जनशक्ति परिचालन गरिएको छ । यसैगरी उद्दार , राहत र स्वास्थ्य सेवालाइ थप प्रभाबकारी बनाउन नुवाकोटमा -७ रसुवामा-४ र धादिंङ्गमा-२ गरि जम्मा १३ स्थानमा बिपद बेस स्थापना गरिएको छ ।

  • बिशेषज्ञ टोलिमा रहेको के९ ले १२, ड्रोन टिमले १९, स्वीफ्ट वाटर रेस्क्यु टिमले १२३ शब फेला पारेको छ ।
    बिओपी टिमुरेले मात्र अन्य सुरक्षा निकायसंग सयुक्त रुपमा टिमुरे इलाका बाट ९८ शब संकलन गरेको छ ।