भोटेकोशी बाढीबारे सर्वदलीय बैठक बस्दै


काठमाडौँ । 

भोटेकोशी बाढीबाट भएको क्षति र प्रभावितको उद्धार तथा राहतबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ।

दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने बैठकमा बेपत्ताको खोजी, राहत वितरण र पुनःस्थापनाबारे छलफल हुनेछ। विपद् व्यवस्थापनका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।