बाढीपीडितको राहतका लागि नोना प्रतिष्ठानको सहयोग


विराटनगर । 

नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि नोना कोइराला स्मृति प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

प्रजातन्त्र सेनानी एवं महिला नेतृ नोना कोइरालाको स्मृतिमा स्थापित प्रतिष्ठानका संरक्षक नेपाली कांग्रेसका नेता शेखर कोइराला र अध्यक्ष पुनम कोइराला हुनुहुन्छ।

प्रतिष्ठानले यही २०८३ भदौ १० गते बुधबार आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो।