काठमाडौं ।
तिब्बतबाट रसुवातर्फ आएको विनाशकारी बाढीमा परी घाइते भएका २६ जनालाई त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको छ। उपचारका क्रममा २५ वर्षीय एक पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार घाइतेमध्ये ६ जनाको आईसीयूमा उपचार भइरहेको छ। बाढी प्रभावित क्षेत्रबाट थप ५० देखि ६० जना घाइते उपचारका लागि आउन सक्ने सूचना प्राप्त भएको उनले बताए।
सम्भावित बिरामीको चापलाई ध्यानमा राख्दै अस्पतालले उपचार टोली तथा आवश्यक सेवाहरू तयारी अवस्थामा राखेको जनाएको छ। थप आउने बिरामीमध्ये आईसीयू आवश्यक पर्ने गम्भीर घाइतेभन्दा सामान्य चोटपटक लागेका बिरामीको संख्या बढी हुन सक्ने अनुमान गरिएको छ।
रसुवामा बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ भने घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाउने क्रम जारी रहेको छ।














प्रतिक्रिया