नवलपरासी।
नवलपरासी पूर्वकाे भागरस्थित आफ्नै घरबाट मंगलबार सबेरैदेखि बेपत्ता भएका बालक सकुशल भेटिएका छन् ।
बालकलाई खाेजतलासमा निस्किएको प्रहरीकाे संयुक्त टोलीले बिहीबार बिहान भागर खोलाको सिरानबाट सकुशल उद्धार गरेका हाे ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएकाे जानकारी अनुसार गैडाकाेट १४ भागर निवासी हेमकुमारी आलेकाे साँढे २ वर्षकाे नाति शिवान तामाङलाई घरमा नदेखे पछि उनकाे खाेजी कार्य अघि बढाइएको थियो ।
बताइए अनुसार आले च्याउ खाेज्न भनी स्थानीय शंखदेबी सामुदायिक वनमा गएकाे र फर्कँदा बालक नाति घरमा नभेटे पछि उक्त वन तथा भागर खाेला आसपास स्थानीयले खाेजिकार्य गरेकाे तर बालक फेला नपरे पछि प्रहरीलाई जानकारी गराइएको थियो ।
बालक हराएको जानकारी पाए लगतै ईप्रका गैडाकाेट,रजहर र अस्थायी प्रहरी पाेेष्ट बेल्डिहाबाट खटिएकाे प्रहरीकाे टोलीले साेही सामुदायिक वनकाे माथिल्लो भाग भागर खाेला शिरानमा फेलापारी बालकलाई परिवारको जिम्मा लगाएको छ ।











प्रतिक्रिया