चितवन ।
भरतपुर महानगरपालिका–१० स्थित ज्ञानदर्शन चोक पछाडि आइतबार राति युवाहरूबीच झडप हुँदा एक जना गम्भीर घाइते भएका छन्।
राति करिब ९ः३० बजे भएको झडपमा भरतपुर–१० का दिवस दराई गम्भीर घाइते भएका हुन्। उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइते दराईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
झडपमा धारिलो हतियार प्रयोग भएको हुनसक्ने प्रारम्भिक आशंका प्रहरीले गरेको छ। घटनापछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
घटनाको कारण भने खुल्न सकेको छैन। झडपमा संलग्न अन्य व्यक्तिको पहिचान तथा घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले घटनास्थलको अवस्था, झडपमा प्रयोग भएको भनिएको हतियार तथा संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान अघि बढाएको छ।











प्रतिक्रिया