जंगी समाधान नभई नागरिक समाधान खोज्न सरकारलाई  मानवअधिकारवादी पहाडीको सुझाव

सरकारका गतिविधिले छिमेकी देश संशयमा 

940
Shares

बुटवल। 

मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्रर पार्टी रास्वपाले पाएको जनमत अनुसार काम गर्न नसकेको गुनासो गर्नु भयो । उहाँले दुईतिहाई नजिकको सरकार अरूका कारणले होइन आफनै कारणले ढल्ने विभाजन हुने दाबी गदै हरेक घटनाको जंगी समाधान खोज्ने नभई नागरिक समाधान खोज्न  आग्रह गर्नु भयो । 

पहाडीले गत भदौ २३ र २४ गतेको घटनाको छानवीन र दोषीमाथि कारवाही हुनुपर्ने बताउनुभएको छ । वालेन्द्र साह नेतृत्वको सरकारले सय बुँदे कार्यसूचिमा सात दिन भित्र भदौ २३-२४ घटनाको छानवीन गर्न समिति गठन गर्ने भनेपनि चार महिनासम्म गठन नगर्नु विडम्बना भएको बताउनुभयो । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा पहाडीले भदौ २३, २४ को घटनाका दोषीलाई कारवाही नभए मुलुकमा दिगो शान्ति कायम नहुने बताउनुभयो । अध्यक्ष पहाडीले सरकारका गतिविधिले छिमेकी देशहरु चीन र भारत दुबै संशयमा रहेको र सरकारले जङ्गी समाधान नभई नागरिक समाधान खोज्न आग्रह गर्नुभयो । सरकारले उद्योगी व्यवसायी लाई बिना प्रमाण धरपकड गरेर आतंकित बनाउने काम गरेको पनि बताउनुभयो । 

संस्थापक केन्द्रीय सभापति पहाडीले हालै सुनसरी मा भएको घटनामा सरकारले न्यायीक छानविन समिती गठन गरी वास्तविकता पत्ता लगाउन सुझाव दिनु भयो ।उहाँले बर्तमान दुईतिहाई नजिकको सरकार अरूका कारणले होइन आफनै कारणले ढल्ने विभाजन हुने दावि गदै हरेक घटनाको जंगी समाधान खोज्ने नभई नागरिक समाधान खोज्न  आग्रह गर्नु भयो । जंगी समाधानले सरकारको आयू नटिक्ने दावि समेत गर्नु भयो । 

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका निवर्तमान सभापति गोविन्द खनालले पछिल्लो समय सुनसरी लगायतका जिल्लामा भएका साम्प्रदायिक घटनाले शान्ति खल्बलिएको हुंदा नागरिकस्तरबाट सामाजिक सद्भाव कायम गर्नु पर्नेमा जोड दिनुभयो । रुपन्देही सभापति अर्जुन ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, सामाजिक र व्यवसायिक संघसंस्थाका प्रमुखहरुले आफ्ना भनाई राखेका थिए ।