आज पनि देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


काठमाडौँ। 

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्छ भने तराईका केही स्थानमा पनि वर्षाको सम्भावना छ।

महाशाखाले वर्षासँगै बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ।