पहिरोले मेची राजमार्ग अवरुद्ध, यात्रु अलपत्र


इलाम ।

इलामको जोरकलश–किटेनी खण्डमा रुखसहितको पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

पहिरोका कारण इलाम, पाँचथर र ताप्लेजुङबाट झापातर्फ आउने–जाने सबै सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने यात्रु अलपत्र परेका छन्।

प्रहरीले पहिरो हटाउने प्रयास भइरहेको भए पनि निरन्तर वर्षा र पहिरो खस्ने क्रम जारी रहेकाले सडक सञ्चालनमा समस्या भइरहेको जनाएको छ।