धनगढी ।
कैलालीको गोदावरगरपालिका–३ स्थित गोदावरी नदीमा शुक्रबार बिहान आएको बाढीले दुई महिलालाई बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्की बेपत्ता भएकी छन्।
बाढीमा बगेकी गोदावरी–४ की ५५ वर्षीया महेश्वरी धमलाको शव आर्यघाट नजिक फेला परेको प्रहरीले जनाएको छ। अर्की ४० वर्षीया कल्पना साउदको खोजी जारी छ।
दुवै महिला बिहान जंगलमा च्याउ टिप्न जाँदै गर्दा एक्कासी आएको बाढीले बगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।











प्रतिक्रिया