कैलालीको गोदावरीका मेयर भट्ट चढेको सरकारी गाडी दुर्घटना


काठमाडौं । 

कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले चलाएको सरकारी गाडी शनिबार राति धनगढी–अत्तरिया ६ लेन सडकखण्डको गेटा क्षेत्रमा दुर्घटना भएको छ।

सुपप्र०१००१ झ ६०१ नम्बरको गाडी दुर्घटनामा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। दुर्घटनामा गाडीमा क्षति पुगेपनि मानवीय क्षति नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनाग्रस्त गाडी प्रहरी चौकी कैलाली गाउँमा राखिएको छ भने मेयर भट्ट सामान्य अवस्थामै आफन्तसँग घर फर्किएका छन्।