अन्तरजातीय प्रेमकथामा आधारित फिल्म जदौले पोष्टर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको छ। अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको फिल्म भदौ १२ गतेदेखि देशभर रिलिजमा ल्याइने भएको छ।
सिल्भर स्क्रीन इन्टरटेन्मेन्ट“ँग सहकार्य गर्दै समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मको सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी र राजश्री थापा फरक–फरक भावमा देखिएका छन्, जसले कथाको भावनात्मक पक्ष झल्काएको छ। पोस्टर सार्वजनिक भएस“गै सामाजिक सञ्जालमा फिल्मप्रति दर्शकको चासो बढ्न थालेको निर्माण पक्षले जनाएको छ।
फिल्मको कथा अन्तरजातीय प्रेमसम्बन्ध वरिपरि घुमेको छ। रामराजा सुवेदी, सुमित्रा देवकोटा, नारायण शास्त्री, अर्जुन खड्का र गोकुल केसी सहनिर्माता रहेको फिल्ममा स्क्रिप्ट निर्देशक काजी लिम्बूकै छ भने संगीत अर्जुन पोखरेल र बाबुल गिरी, कोरियोग्राफी रामजी लामिछाने र छयांकन श्याम तामाङको रहेको छ। फिल्ममा सिपी पुडासैनी धतुरे, विनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, खड्गबहादुर पुन खबपु, विशाल











प्रतिक्रिया