लोकप्रिय हास्य अभिनेता जितु नेपालद्वारा निर्माणाधीन फिल्म आई एम जितबहादुरको फस्र्ट लुक पोस्टर सार्वजनिक गर्दै आगामी असार ५ गतेका लागि रिलिज डेट घोषणा गरिएको छ।
भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा निर्माणाधीन फिल्मले गाउँबाट सहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा बोल्छ। फिल्ममा जितु नेपाल मुख्य भूमिकामा छन् भने उनकी जोडीका रूपमा वर्षा राउत छिन्।
प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाललगायतका कलाकारले अभिनय गरेको फिल्म कर्मभूमि क्रिएसनको ब्यानरमा निर्माणाधीन फिल्ममा कथा निर्देशक सुभेन्दु घोषकै रेको छ। निश्चल कुँवर र निरज नेपाल कार्यकारी निर्माता रहेको फिल्ममा राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माता रहेका छन्।
फिल्म भारतीय सिनेमाटोग्राफर अरविन्दले छायाँकन गरेका छन्। जितुले तीन दशकभन्दा लामो कलाकारिता यात्रामा दर्जनौँ फिल्म तथा टेलिफिल्ममा अभिनय गरेका छन्।











प्रतिक्रिया