धादिङ ।
धादिङबेसीमा साेमबनरारबाट १५ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीले उद्घाटन गर्नुभएकाे कार्यक्रममा खेलकुदले मानिसलाई स्वस्थ्य बनाउनुको साथसाथै अनुशासित बनाउने भएकाले मानवीय जिवनका लागि खेल अपरिहार्य रहेको र खेलकुदको समग्र विकास नगरीकन समग्र क्षेत्रमा अनुशासन कायम हुन सक्दैन मानवीय जिवनका लागि खेल अपरिहार्य रहेको बताउनुभयो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिकाको व्यवस्थापकमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुति सहित मार्चपास गरेका थिए । विद्यार्थीहरुले आफ्नो विद्यालयको नाम सहितको ब्यानर र नेपालको राष्ट्रिय भण्डा लिएर मार्चपासमा सहभागिता जनाएका छन् । प्रतियोगितामा जिल्लाका १३ पालिकाबाट विभिन्न विद्यामा उत्कृष्ट भई करिब ९०० विद्यार्थी खेलाडीहरूको सहभागिता भएका छन् ।
जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप तामाङकाको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा बोल्दै खेलकुद प्रतियोगिताले स्थानीय स्तरबाटै खेलाडीहरु उत्पादन गर्न सहयोग पुग्ने र खेलकुदकै माध्यमबाट पालिकालाई देश तथा विदेशमा चिनाउन सकिने र यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू आगामी जेठ १ देखि ३ गतेसम्म सञ्चालन हुने बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने बताउनुभयो ।
प्रतियोगितामा छात्र र छात्रा तर्फ अलग अलग भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्ट हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटफुट, कराँते, खेलहरु समावेश गरिएको छ ।











प्रतिक्रिया