उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ६को कार्यालयले मंगलबार सो वडाका ग र घ वर्गका अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई अत्यधिक गर्मीबाट बच्नकालागि १५ थान विद्युतीय पंखा वितरण गरेको छ ।


त्रियुगा नपा वडा नं ६ का अध्यक्ष योगेन्द्र बहादुर दाहालले त्रियसगा नपाको वडा कार्यालयको बजेटबाट सेवा सुविधाबाट बञ्चित भएका अशक्त हरुलाई वडा कार्यालयले सम्मान स्वरुप १५ थान पंखा वितरण गरिएको बताए ।
त्रियुगा नगरपालिकाको ६ नं वडामा मात्र जम्मा १ सय ४२ जना अशक्त तथा अपाङगता भएका महिला तथा पुरुषहरु रहेकोमा वडा कार्यालयबाट मासिक रुपमा भत्ता लिने बाहेककालाई यो पंखा वितरण गरिएको सहजकर्ता पवित्रा थापाले बताइन ।
६ नं वडा कार्यालयबाट मासिक रुपमा भत्ता लिनेको संख्या १ सय ५ जना रहेको, ३५ जनाले क बर्गको स्वास्थ्य विमा निःशुल्क पाउने व्यवस्था गरिएको छ । ट नं वडामा रातो कार्ड पाउनेहरु ३५ जना, निलो कार्ड पाउने ७० जना, सेतो कार्ड पाउने ९ जना, पहेलो कार्ड पाउने ३५ जना रहेको जानकारी दिंदै सहजकर्ता थापाले यस महिनामा थप ९ जनाले नयाँ कार्ड बनाएकोले जम्मा १ सय ४९ जना अशक्त तथा अपाङ्गता भएका पुरुष तथा महिलाले विभिन्न प्रकारका सेवा सुविधा वडा कार्यालयबाट लिने गरेको बताइन ।











प्रतिक्रिया