भक्तपुर ।
दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव समापन भएको छ । चैत २६ गतेबाट सुरु भएको महोत्सवको १२ दिनसम्ममा करिब १ लाख मानिसले अवलोकन गरेका औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।
“उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने मुख्य उद्देश्य राखेर आयोजित महोत्सवमा करिब ३ करोड रुपैंया बराबरको व्यापार भएको अध्यक्ष महतले बताउनुभयो ।
दैनिक रुपमा चर्चित कलाकारहरुले सांगीतक प्रस्तुती र महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउलगायतका मनोरञ्जनात्मक खेलका साधनहरू राखिएको महोत्सवका संयोजक दीपक थापाको भनाई रहेको छ ।
महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले यस्ता खालका महोत्सवले स्थानीय बजार चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवमा नृत्य प्रतियोगिता, प्रथमलाई २० हजार पुरस्कार
दशौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगीतामा रतिश गिरी प्रथम हुदैं नगद २० हजार पुरस्कार प्राप्त गरेका छन् । दोस्रो स्थानमा अन्नी तामाङले नगद १० हजार, तेस्रो स्थानकी स्प्रीका शाहीले ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
रेम्बो तामाङ र रेविका लामाले सान्त्वना भएका दुई जनाले जनही २ हजार ५ सय नगद पुरस्कार पाएका छन् । उक्त अवसरमा समय समाज साप्ताहिककी पत्रकार सिर्जना खतिवडालाई नगद ५ हजारसहित सम्मान गरिएको छ ।











प्रतिक्रिया