धादिङ
धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका–४ मा सोमबार बेलुका आएको हावाहुरीका कारण रूख ढल्दा एक जनाको मृत्यु भएको छ।
अन्दाजी ४७ वर्षीय सन्दीप मगरलाई रूखले च्यापेर गम्भीर घाइते बनाएको थियो। उनलाई तत्काल उद्धार गरी उपचारका लागि धादिङ अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश दहालले बताए ।
स्थानीयका अनुसार बेलुका अचानक आएको हावाहुरीका कारण रूख ढलेर उक्त घटना भएको हो।











प्रतिक्रिया