सहकारीमा युवा सहभागिताबारे अन्तरक्रिया सम्पन्न


काठमाडौँ
६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मानव कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा “सहकारीमा युवा सहभागिता आजको आवश्यकता” विषयमा सदस्य अन्तरक्रिया तथा कर्मचारी उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कोषाध्यक्ष सविना ढकालले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । स्रोत व्यक्ति रमण भट्टराईले सहभागी सदस्यलाई सकारात्मक सोच विकास गर्ने सीपको अभ्यास गराउँदै सकारात्मक विचारबाट नै संस्थाले उल्लेखनीय उपलब्धि हासिल गर्न सक्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागी सदस्यहरूले आफ्ना राय तथा प्रतिक्रिया व्यक्त गरेका थिए । अध्यक्ष सिटौलाले वर्तमान समयमा देशको व्यवस्थापन युवा केन्द्रित बन्दै गइरहेको सन्दर्भमा सहकारी क्षेत्रमा पनि युवा सहभागिता बढाउन आवश्यक रहेको बताउनुभयो । त्यस्तै, महाप्रबन्धक हरिप्रसाद पाण्डेले संस्थाले सहकारी नियमन प्राधिकरणबाट अनुमति प्राप्त गरी कर्जा सूचना केन्द्रको सदस्यता लिएको जानकारी गराउँदै बचत सम्बन्धी मापदण्ड, नियमित बचतको महत्व तथा त्यसबाट प्राप्त हुने सुविधा र फाइदाबारे प्रकाश पार्नुभयो ।

अन्तरक्रिया कार्यक्रमपछि कर्मचारी उत्प्रेरणा कार्यक्रम सञ्चालन गरी कर्मचारीहरूलाई कार्यभार व्यवस्थापन तथा प्रभावकारी कार्यसम्पादनका लागि आवश्यक व्यवहारिक सीप प्रदान गरिएको थियो। कार्यक्रमको सञ्चालन कर्मचारी नारायण बाबु कँडेलले गर्नुभएको थियो।