काठमाडौँ ।
एनसेलले ग्राहकका लागि एनसेल एपमार्फत दैनिक १ सय एमबी निःशुल्क डेटा पाइने अफर संचालनमा ल्याएको छ । यसका साथै ग्राहकले हरेका हप्ता आकर्षक डेटा भोल्युम पुरस्कार स्वरूप जित्न सक्छन् । ग्राहक अनुभव अभिवृद्धि र डिजिटल प्रयोगलाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धताबमोजिम कम्पनीले यो अफर संचालनमा ल्याएको हो ।
यस अफरअन्तर्गत सबै एनसेल ग्राहकहरूले हरेक दिन एनसेल एपकोबाई प्याक मेनुमा गई १०० एमबी निःशुल्क डेटा सक्रिय गर्न सक्छन् । यसले ग्राहकलाई एपका विभिन्न सुविधाहरू प्रयोग गर्दै सधैं कनेक्टेड रहन मद्दत गर्दछ । यो अफरको उद्देश्य ग्राहकलाई आधारभूत ग्राहक सेवाभन्दा बाहिर गएर डिजिटल जीवनशैली अपनाउन प्रेरित गर्नु हो ।
एनसेल एप डिजिटल माध्यमबाट सजिलै विभिन्न ग्राहक सेवाहरू लिन सकिने एक प्लेटफर्म हो जसले रिचार्ज सेवा, डेटा तथा भ्वाइस प्याक खरिद, अन्य विभिन्न सेवालगायत गेमहरू एकैठाउँमा उपलब्ध गराउँछ। सहज र छिटो पहुँचमार्फत ग्राहकहरूले यस एपबाट सहज रूपमा ग्राहक सेवाहरू लिन सक्छन् । ग्राहक संलग्नता थप बढाउन एनसेलले ‘प्ले एन्ड वीन’ अफर पनि ल्याएको छ, जसअन्तर्गत ग्राहकले साप्ताहिक रूपमा एपमा आधारित गतिविधिमा सहभागिता जनाएर ५० जीबीसम्म डेटा जित्न सक्छन् । प्रयोगकर्ताले दैनिक रूपमा एपमा गई स्पीन द ह्वील, म्याथ च्यालेन्ज,एनसेल रनर, स्क्राच एन्ड वीन जस्ता गेममामा संलग्न भई आफ्नो अंक संकलन गर्न सक्छन् ।
हप्ताभरि संकलनभएको अंकका आधारमा ग्राहकको स्थान निर्धारण गरिन्छ र सोही अनुसार उनीहरूले आकर्षक डेटा पुरस्कारका रूपमा जित्नेछन् । प्रत्येक हप्ता कुल ३ हजार ४ सय १० जना ग्राहकले डेटा पुरस्कारका रूपमा प्राप्त गर्नेछन्, जसमा शीर्ष १० जनाले ५० जीबी डेटा प्राप्त गर्नेछन् ।











प्रतिक्रिया