“अर्यालले सभामुखमा मनोनयन दर्ता गर्ने”


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् डोलप्रसाद अर्यालले आज बिहान ११ बजे प्रतिनिधि सभा सभामुख पदमा आफ्नो मनोनयन दर्ता गर्ने भएका छन्।

२७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ सांसद भएकोले अर्यालको सभामुख पदमा निर्वाचित हुने निश्चित छ।