काठमाडौं।
इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले सरकारले सार्वजनिक सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्ने निर्देशन दिएकोप्रति आपत्ति जनाएको छ। संस्थाले यस्तो निर्णयले निजी क्षेत्रका सञ्चारमाध्यमको अस्तित्व संकटमा पार्ने र लोकतान्त्रिक मूल्य–मान्यतामाथि असर पर्ने जनाएको छ।
इमानले प्रतिस्पर्धात्मक वातावरणमा सबै सञ्चारमाध्यमलाई समान रूपमा विज्ञापन उपलब्ध गराउन माग गर्दै उक्त निर्णय तुरुन्त फिर्ता लिन सरकारसँग आग्रह गरेको छ। साथै, निजी क्षेत्रका सञ्चारमाध्यमलाई निरुत्साहित गर्ने कुनै पनि कदमको विरोध गरिने चेतावनी दिएको छ।












प्रतिक्रिया