तीन दिनभित्र परीक्षण गरिसक्नुपर्ने

यसरी परीक्षण गरिँदै छ उत्तरपुस्तिका

1.69k
Shares

· उत्तरपुस्तिका परीक्षणगर्दा ठिक चिन्हमात्र प्रयोग गर्नुपर्नेछ । अन्डरलाईन, प्रश्नबाचक चिन्ह, एउटा धर्कोकाट्ने, उत्तर सच्याउने, मसीपोत्ने गोलाकार बनाउने जस्ता कुनैपनि चिन्ह राख्न निषेश गरिएको छ ।

· भाषा विषयका बाहेक अन्य विषयको प्रश्नको उत्तर लेख्दा नेपाली र अंग्रेजी भाषाको भएमा उत्तर सही छ भने अंक दिने

· ग्रेडसिमानजिक प्राप्ताङकरहेका उत्तरपुस्तिका दोहो¥याएर पुनः परीक्षण गर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

· परीक्षण गरेका उत्तरपुस्तिका संपरीक्षकबाट पुनःपरीक्षण गराउँदा जाँचिएको उत्तरपुस्तिकाको अंकमा १५ प्रतिशत भन्दा बढी फरक भएमा परीक्षकको पारिश्रमिक रोकिने र भविष्यमा उक्तकार्यको जिम्मेवारीबाट मुक्तगर्ने

· परीक्षणगर्दा लापरबाही गरेको पाइए लापरबाहीको मात्रा हेरी पुनःपरीक्षण गराउने, पारिश्रमिक कट्टागर्ने वा परीक्षकको सुचीबाट नाम हटाउने र अन्य अमर्यादित कार्य गरेमा कानुन बमोजिम कारबाही गर्ने

· आफन्त वा नातेदार विद्यार्थीको भएमा सो केन्द्रको उत्तरपुस्तिका संख्या टिपोट गरी केन्द्रका जिम्मेवार कर्मचारीलाई जानकारी गराउनुपर्ने

काठमाडौं ।

माध्यमिक शिक्षा परीक्षा(एसईई) को परीक्षकले उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गराउँदा परीक्षण कार्यमा सहभागि सबैलाई मोबाइललगायत विद्युतीयउपकरण लैजान पुर्णनिषेध गरिएको छ । एसईई सञ्चालन व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका २०८२ मा सो व्यवस्था गरेको छ ।

परीक्षाकेन्द्रमा उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणमा आइपर्नसक्ने समस्या समाधानकोलागि सो व्यवस्था गरेको हो । परीक्षणगर्दा उत्तरपुस्तिका केन्द्रबाहिर लैजानसक्ने,तोकिएको परीक्षककोसट्टा अन्यले परीक्षण गर्नसक्ने, तोकिएको योग्यता नपुगेको शिक्षकले परीक्षण गर्नसक्नेअवस्था र उत्तरपुस्तिकाको पोका हराउन वा मिसिनसक्ने अवस्थालाई केन्द्राध्यक्षले प्रत्यक्ष निगरानी गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकामा दैनिकरुपमा परीक्षण सकिएपछि परीक्षक र सम्परीक्षण्कलाई अनिवार्य रुपमा भरर्पाई गर्नुृपर्ने व्यवस्थागरेको छ । उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गर्न स्थानीयतह र शिक्षाविकास तथा समन्वय ईकाईको समन्वयमा दक्ष र अनुभवी परीक्षक र सम्परीक्षकको सुची बनाइसक्नु पर्नेछ ।

अर्थात जुनविषयको परीक्षा सकिएको छ त्यो विषयको उत्तरपुस्तिका परीक्षण गर्न केहीदिनअघि नै सुची तयार गर्नुपर्नेछ । ‘माबि शिक्षकद्धारा उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गराउने र शिक्षकको अभावमा न्युनतम योग्यता पुगेका सम्बन्धीत विषयमा अध्यापन गरिरहेका अनुभवी शिक्षकलाई सम्बन्धीत विद्यालयको सिफारिसपत्रको आधारमा परीक्षण कार्य गराउने’ निर्देशिकामा उल्लेख छ ।

सोही निर्देशिकाको आधारमा हिजो बिहीबारबाटै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण शुरु भएको छ । उत्तरपुस्तिका परीक्षणगर्ने परीक्षकले रातो र सम्परीक्षकले हरियो मसीमात्र प्रयोग गर्न पाईने अनिवार्य व्यवस्था गरेको छ ।

त्यसैगरी परीक्षणगर्दा लापरबाही गरेको पाइए लापरबाहीको मात्रा हेरी पुनः परीक्षण गराउने, पारिश्रमिक कट्टागर्ने वा परीक्षकको सुचीबाट नाम हटाउने र अन्य अमर्यादित कार्य गरेमा कानुन बमोजिम कारबाहीगर्ने व्यवस्था गरेको छ ।

शिक्षा मन्त्रालयले नतिजा चाँडै गर्ने योजना अनुसार कापी परीक्षण गर्दा दुई विकल्प अपनाईने गरी बोर्डले तयार पारेको निर्देशिकामा नतिजा प्रकाशनको शैली समेत परिवर्तन गर्ने व्यवस्था राखिएको हो । निर्देशिकाको दफा ६ को ‘ङ’ मा प्रत्येक विषयको उत्तरपस्तिका बढीमा तीनदिनभित्र परीक्षण सम्पन्नगरी मार्कस्लिप शिक्षा,विकास तथा समन्वय ईकाईमा बुझाउनुपर्ने व्यवस्था छ ।

सोही दफाको ‘च’मा विज्ञ शिक्षकको अभावमा कुनै विषयको उत्तरपुस्तिका परीक्षण हुन नसकेमा सम्बन्धीत परीक्षण केन्द्र प्रमुखले विज्ञशिक्षक उपलब्ध गराउन ईकाई र स्थानीय तहका शिक्षा शाखासंग समन्वय गरी परीक्षण गर्ने व्यवस्थापन गर्नुपर्नेछ।

सोही दफाको ‘छ’ मा परीक्षण र सम्परीक्षणका लागि सम्बन्धीत विद्यालयको उत्तरपुस्तिका नपर्ने गरी व्यवस्थापन गर्नुपर्नेछ । तर कुनै जिल्लाभित्रका एउटामात्र विद्यालयको पठनपाठन भएको अवस्थामा सम्बन्धीत विद्यालयका योग्यता पुगेका सम्बन्धीत विषयका शिक्षकबाट परीक्षण गर्नृसक्ने व्यवस्था छ ।

निर्देशिकाको दफा ७ को क मा सम्बन्धीत परीक्षा केन्द्रमा प्रत्येक दिनको उत्तरपुस्तिका परीक्षण गरी प्याकेट बनाएर शिलबन्दी गरी नजिकको सुरक्षा निकायमा वा सुरक्षाकर्मीको समन्वयमा सुरक्षित भण्डारणकोलागि निर्धारण गरिएकोस्थानमा वा ईकाइम पु¥याउन सम्भव भए ईकाइमा भण्डारण गर्नुपर्ने व्यवस्था निर्देशिकामा लेखिएको छ । निर्देशिकामा ईकाईलाई बढी अधिकार दिएको छ । परीक्षण भएका उत्तरपुस्तिका भण्डारणदेखि मार्कस्लिप पठाउने, शिक्षक अभाव भएको स्थानमा परीक्षण गर्ने शिक्षकको व्यवस्था गर्नेसम्मको काम गर्नुपर्नेछ ।

दफा ८को ‘ख’ मा केन्द्रबाट परीक्षण भैआएका मार्कस्लिप शिलबन्दी खाममा केन्द्र र विषयकोड उल्लेख गरी लगत राखि तोकिएको मितिभित्र कक्षा १०को पनिकामा पठाउनुपर्ने व्यवस्थाछ । उत्तरपुस्तिका परीक्षण गर्नुपुर्व परीक्षकले आफुलाई प्राप्तभएका उत्तरपुस्तिका आफन्त वा नातेदार विद्यार्थीको भएमा सो केन्द्रको उत्तरपुस्तिका संख्या टिपोट गरी लिखित केन्द्रका जिम्मेवार कर्मचारीलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

परीक्षकले उत्तरपुस्तिका परीक्षण गर्दा ठिक चिन्हमात्र प्रयोग गर्नुपर्नेछ । अन्डरलाईन, प्रश्नबाचक चिन्ह, एउटा धर्कोकाट्ने, उत्तर सच्याउने,मसी पोत्ने गोलाकार बनाउने जस्ता कुनैपनि चिन्ह राख्न निषेध गरिएको छ । विद्यार्थीले गलत मनसाय नलिई भुलले प्रश्न नम्बर उल्लेख नगरेको वा गलत प्रश्ननम्बर लेखेको उत्तरलाई प्रश्नपत्रसंग भिडाई सही प्रश्ननम्बर उल्लेख गर्ने र परीक्षण गरी अंक दिनुपर्नेछ । त्यस्तै भाषा विषयकाबाहेक अन्य विषयको प्रश्नको उत्तर लेख्दा नेपाली र अंग्रेजी भाषाको भएमा उत्तर सही छ भने अंकदिने, ग्रेडसिमा नजिक प्राप्ताङक रहेका उत्तरपुस्तिका दोहो¥याएर पुनः परीक्षणगर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

परीक्षकले परीक्षण गरेका उत्तरपुस्तिका सम्परीक्षकबाट पुनःपरीक्षण गराउदा जाँचिएको उत्तरपुस्तिकाको अंकमा १५ प्रतिशत भन्दा बढी फरक भएमा परीक्षकको पारिश्रमिक रोकिने र भविष्यमा उक्तकार्यको जिम्मेवारीबाट मुक्तगर्ने व्यवस्था गरेको छ । प्रदेशगत नतिजा प्रकाशन शिर्षकको उक्त दफामा निर्देशिका बमोजिम एसईईको नतिजा प्रकाशन प्रदेशगतरुपमा समेत गर्न सकिने छ ।

शिक्षाऐनको आठौं संशोधनले संरचना बदलेर कक्षा १२ सम्मलाई विद्यालय शिक्षा हुने व्यवस्था गरेपनि कक्षा १० को अन्तिमपरीक्षा र नतिजा प्रकाशनलाई साविकको एसएलसीकै शैलीमा निरन्तरता दिईदै आएको छ ।

संवेदनशिल क्षेत्रको परीक्षण केन्द्र परिवर्तन

परीक्षा नियन्त्रण कार्यालयले अति संवेदनशिल र संवेदनशिक्ष परीक्षाकेन्द्रको उत्तरपुस्तिका परीक्षण फरक केन्द्रमा गर्ने भएको छ । शिक्षा विकास तथा समन्वय ईकाई र प्रदेश परीक्षा कार्यालयको समन्वयमा परीक्षण केन्द्र परिवर्तन गर्न सक्ने व्यवस्था छ ।

कक्षा १०का परीक्षा नियन्त्रक टुकराज अधिकारीले अर्को विद्यालयको परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण गर्न ईकाइलाई अधिकार दिएको बताउनुभयो ।

शिक्षामन्त्रालयले गृहमन्त्रालयसंग समन्वय गरी प्रमुख जिल्ला अधिकारीले आवश्यकताको आधारमा उत्तरपुस्तिका परीक्षणण गर्ने केन्द्र परिवर्तन गर्न सक्नेछ । परीक्षा नियन्त्रक अधिकारीले देशभरको परीक्षाको अवस्था मुल्याङकन गरी संवेदनशिलक्षेत्र परिचान गरेर परीक्षण केन्द्र परिवर्तन गर्ने जानकारी दिनुभयो ।

उहाका अनुसार हिजो बिहीबारनै केही केन्द्रको परीक्षण केन्द्र परिवर्तन गरेको छ । पनिकाका अनुसार हिजैबाट उत्तरपुस्तिका परीक्षण शुरु भएको छ । आवश्यकताको आधारमा केन्द्रमा सिसिटिभी जडान गरेर परीक्षण जारी राखेको उहाको भनाई थियो । केन्द्रको उत्तरपुस्तिका परीक्षण गर्ने विषयमा केन्द्राध्यक्षको भूमिकालाई महत्वपूर्ण मानिएको छ ।

एसईई सञ्चालन व्यवस्थापन र उत्तरपुस्तिका सञ्चालन निर्देशिकाको दफा ६को‘च’मा सुरक्षाकोकारण संवेदनशिल देखिएका स्थानमा उत्तरपुस्तिका परीक्षण गर्न इकाईले वैकल्पिक व्यवस्थापन गरी समयमै परीक्षण सम्पन्न गराउनुपर्ने उल्लेख छ ।