काठमाडौँ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ।
मोहनप्रसादकाे ९७ वर्षको उमेरमा शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हाे । उनको पार्थिव शरीरलाई शुक्रबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । बिहीबार राति स्वास्थ्यमा समस्या भएपछि उनलाई भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरियामैत्री अस्पताल पुर्याइएको थियो ।
उपचारका क्रममा शुक्रबार बिहान उनको निधन भएको थियाे । मोहनप्रसाद गठ्ठाघरस्थित आफ्नी छोरीको निवासमा बस्दै आएका थिए । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उनको झापास्थित घरमा आगजनी भएको थियो । त्यसपछि उनी झापा फर्कनुभएको थिएन ।












प्रतिक्रिया