एजेन्सी ।
इजरायली वायुसेनाले गत २४ घण्टामा पश्चिमी र मध्य इरानका २ सय भन्दा बढी सैन्य तथा रणनीतिक लक्ष्यमा व्यापक हवाई आक्रमण गरेको जनाएको छ ।
इजरायल–इरानबीच जारी तनावकाबीच गरिएको साेही आक्रमणले क्षेत्रीय सुरक्षा अवस्थालाई थप संवेदनशील बनाएको हाे । इजरायली वायुसेना (आइएएफ) ले सैन्य गुप्तचर निकायको निर्देशनमा दर्जनौं लडाकु विमानले एक दिनभित्र तीव्र आक्रमण अभियान सञ्चालन गरेकाे जनाएकाे छ। आक्रमणका क्रममा ब्यालिस्टिक मिसाइल प्रक्षेपण प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र तथा युद्धका लागि प्रयोग हुने उत्पादन स्थलहरूलाई लक्षित गरी बढी हतियार प्रयोग गरिएको जनाइएकाे हाे ।
आइएएफले ‘रोअर अफ द लायन’ नामक अभियान शुरु भएयता इजरायलतर्फ हुने सम्भावित मिसाइल आक्रमण घटाउने उद्देश्यले इरानका विभिन्न सैन्य पूर्वाधारहरूमा सयाैं आक्रमणात्मक उडान सञ्चालन गरिएको जनाएको छ ।












प्रतिक्रिया