पश्चिम एसियाबाट उद्धार उडानमार्फत नेपाली स्वदेश फर्काइँदै


काठमाडौँ ।

सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियामा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत स्वदेश ल्याउन थालेको छ।

बिहीबार विशेष उडानबाट दुबईमा रहेका २७२ जना नेपाली काठमाडौँ ल्याइएका छन्। सोही उडानमार्फत काठमाडौँबाट २६० जना यात्रु दुबई पठाइएको थियो।

आज पनि निगमको विमान २६७ यात्रु लिएर दुबई जाने र त्यहाँबाट १६४ नेपालीलाई स्वदेश ल्याइने जनाइएको छ। पश्चिम एसियामा उडान निषेध भएपछि उद्धार उडान सुरु गरिएको हो।