काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ। केही समयदेखि अस्वस्थ रहेका उनको गठ्ठाघरस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ।
स्वर्गीय ओलीको पार्थिव शरीरलाई परिवारले गुण्डुस्थित ओली निवासमा लैजाने तयारी गरेको छ। आजै
पशुपतिनाथ आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।
मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन्।











प्रतिक्रिया