काठमाडौँ ।
काठमाडौँमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनमा महिलाले महत्वपूर्ण भूमिका खेलेको बताएकी छन्।
मोतीदेवी स्मृति केन्द्रले ११६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आयोजना गरेको ‘प्रेरणादायी महिला सम्मान तथा वृत्तचित्र सार्वजनिक’ कार्यक्रममा उनले इतिहासका कठिन कालखण्डमा महिलाले पुर्याएको योगदानलाई राज्य र समाजले सधैँ स्मरण गर्नुपर्ने उल्लेख गरिन्।
भण्डारीले समाजको प्रगतिशील रूपान्तरण तथा लोकतान्त्रिक प्रणालीको पुनःस्थापनाका लागि भूमिगत राजनीतिमा सक्रिय महिलाको योगदान प्रशंसनीय रहेको बताउँदै यस्ता योगदानको सम्मान र अभिलेखीकरणले भावी पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरिन्।
उनले नेपालले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र ती नै संघर्षरत योद्धाको योगदानको जगमा उभिएको पनि बताइन्।











प्रतिक्रिया