काठमाडौँ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, उपल्लो वायुमण्डलको उच्च चापीय प्रणाली तथा पूर्वी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ।
शुक्रबार कोशी प्रदेशसहित अन्य पहाडी र हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।
उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणाली स्थिर रहेकाले पर्याप्त वर्षा हुन नसकेको र प्रदूषण तल्लो तहमा जम्दा देशका धेरै स्थानमा केही दिनदेखि तुवाँलो देखिएको छ। तर बिहीबारदेखि मौसमी गतिविधि बढ्ने र केही स्थानमा क्षणिक वर्षा हुन सक्ने भएकाले मौसममा क्रमिक सुधार आउने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।











प्रतिक्रिया