काठमाडौं।
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा उत्पादित औषधिको गुणस्तर मापन तथा निर्यात प्रवद्र्धनका लागि राष्ट्रिय औषधि प्रयोगशालाको तत्काल स्तरोन्नति गरिने बताएकी छन् ।
काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको ‘फार्मा एक्स्पो’लाई सम्बोधन गर्दै मन्त्री गौतमले यस्तो जानकारी दिएकी हुन् । उनले हाल बजारमा उपलब्ध हजारौँ प्रकारका औषधिको परीक्षण गर्ने पर्याप्त क्षमता राज्यसँग नभएको यथार्थ स्वीकार गरिन् ।
मन्त्री गौतमका अनुसार प्रयोगशालाको भौतिक संरचना विस्तार तथा जनशक्ति व्यवस्थापनका लागि सरकारले काम सुरु गरिसकेको छ । उनले विश्व स्वास्थ्य संगठनको प्रारम्भिक विश्लेषणअनुसार नेपालको औषधि नियामक प्रणाली हाल ‘लेभल–वान’ मा मात्र रहेको र यसलाई कम्तीमा ‘लेभल–थ्री’ वा ‘लेभल–फोर’ स्तरमा पु¥याउनु आवश्यक रहेको बताइन् ।
गुणस्तरहीन तथा म्याद गुज्रिन लागेको कच्चा पदार्थ (र–म्याटेरियल) देशभित्र प्रवेश गर्न नदिन र उत्पादित औषधिको वैज्ञानिक परीक्षण गर्न अत्याधुनिक प्रयोगशाला अनिवार्य रहेको उनको भनाइ थियो ।
प्रयोगशाला सुधारका लागि सरकारले ‘ओ एन एम’ (संगठन तथा व्यवस्थापन) सर्वेक्षण सम्पन्न गरी नयाँ दरबन्दी सिर्जना गर्न स्वीकृति प्राप्त गरिसकेको मन्त्री गौतमले जानकारी दिइन् ।

नयाँ प्रयोगशाला भवन निर्माणका लागि सिंहदरबारभित्रको पुरानो स्वास्थ्य मन्त्रालय परिसर र बाराको पथलैयामा सम्भाव्यता अध्ययन गरिएको भए पनि जनशक्ति तथा प्राविधिक कारणले हालकै स्थानमा पुरानो भवन भत्काएर अत्याधुनिक प्रयोगशाला निर्माण गर्ने निष्कर्षमा सरकार पुगेको उनले बताइन् । उनले नीजि क्षेत्रद्धारा संचालित ल्याबहरु राम्रो भएको आफुले अनुगमनका क्रममा थाहा पाएको र भारत भ्रमणका क्रममा पनि ल्याबको अध्ययन गर्ने अवसर पाएकाले नेपालमा औषधि परिक्षण गर्ने ल्याबको खाँचो रहेको पाए भनिन् । उनले नेपालमा हाल भएको ल्याबमा ल्याब्रोटरी स्थेन्थरी २४ सय जाच्नु पर्नेमा ६ सय ४० मात्र जाच्छौ यसले गर्दा ल्याब परिक्षण चुस्त बनाउनु जरुरी रहेकाले सरकारले काम शुरु गरिसकेको बताइन् ।
नेपालको राष्ट्रिय औषधि प्रयोगशालाले देशभित्र उत्पादित तथा आयातित औषधिको गुणस्तर, सुरक्षा र प्रभावकारिताको परीक्षण गर्ने जिम्मेवारी वहन गर्दै आएको छ ।
औषधि उत्पादक कम्पनीहरुले २४ घण्टा चल्नुपर्ने औषधि कम्पनीहरु नीति, नियम कानुनको अभावमा ८ घण्टा पनि नचलेको गुनासो गरेका थिए । नेपालमा म्याद सकिएका औषधि डिस्पोजल एकीकृत सरसफाई गर्न समेत ढिलो भैसकेको जानकारी गराइयो । साथै नेपालमा मेडिकल टुरिजमको ठूलो सम्भावना भएको स्थान हो । त्यस्तै आर्युवेदीक उपचार पद्धतिको सम्भावना छ यतातर्फ सरकारको ध्यानाकर्षण गराइयो ।
नेपाल फर्मा एक्स्पो २०२६ विहिवार देखि शनिवार सम्म ३ दिन सम्म भृकुटी मण्डपमा चल्ने र स्वदेश तथा विदेशबाट एक्स्पोमा औषधि, उपकरण लगायतका जनचेतना मूलक सामग्रीहरू राखिएको नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष बिप्लभ अधिकारीले जानकारी गराए ।











प्रतिक्रिया