काठमाडौ ।
केपि शर्मा ओलि ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक परिणाम अपेक्षा अनुसार नआएपछि हार स्वीकार गरेका छन्। Communist Party of Nepal (Unified Marxist–Leninist) का अध्यक्ष ओलीले बिहीबार फेसबुकमार्फत यस्तो बताएका हुन्।
उनले निर्वाचनमा आफू र आफ्नो पार्टीले सोचे जस्तो सिट प्राप्त गर्न नसकेको स्वीकार गर्दै लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुने बताए। प्राप्त जनमतलाई पूर्ण सम्मानका साथ शिरोधार्य गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
ओलीले चुनाव चिन्ह सूर्यमा मतदान गर्ने सम्पूर्ण मतदाता, नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूलाई धन्यवाद दिएका छन्। कठिन परिस्थितिमा पनि समर्थकहरूले दिएको साथ आफ्नो मुख्य शक्ति भएको उनले उल्लेख गरे।
परिणाम अपेक्षित नभए पनि जनताको सेवा र प्रतिबद्धतामा कुनै कमी नआउने भन्दै उनले आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने बताए। चुनावी परिणामले पार्टीको जनसेवाको यात्रालाई नरोक्ने पनि उनले स्पष्ट पारे।












प्रतिक्रिया