काठमाडौं ।
काठमाडौंमा वायु प्रदूषण अझै पनि अस्वस्थ स्तरमै रहेको छ। स्विट्जरल्याण्डको IQAir का अनुसार आज बिहान ६:१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (AQI) १८५ पुगेको छ, जुन अस्वस्थ तहमा पर्ने देखिएको छ।
नेपाल सरकारको वायु गुणस्तर सूचकांक अनुसार ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि खतरनाक मानिन्छ।
प्रदूषणका कारण आज Kathmandu विश्वका अस्वस्थ सहरमध्ये छैटौं स्थानमा परेको छ। हाल पहिलो स्थानमा Tashkent, दोस्रोमा Hanoi, तेस्रोमा Lahore, चौथोमा Delhi र पाँचौं स्थानमा Kolkata रहेका छन्। यसअघि अग्रस्थानमा रहेको Dhaka भने अहिले १० औं स्थानमा झरेको छ।
वायु प्रदूषण बढ्दै गएपछि सरोकारवालाले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। बाहिर निस्किँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्न सुझाव दिइएको छ।











प्रतिक्रिया