काठमाडौँ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्ध मुद्दा फिर्ता गर्ने निर्णय रोक्न माग गर्दै परेको रिटलाई पूर्ण इजलासमा पठाउन आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले आज उक्त रिटलाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । आगामी आइतबार पूर्ण इजलासमा सुनुवाइका लागि पेस गर्न पनि आदेश भएको छ ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा रहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धि मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिनुभएको थियो ।
महान्यायाधिवक्ता भण्डारीको निर्णय विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले रिट दायर गरेका थिए । महान्यायाधीवक्ताको निर्देशनमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता लिन भनिएको थियो ।











प्रतिक्रिया