काठमाडौँ
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको १५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी–४, बोचुहाइट, ललितपुरमा २०८२ फागुन २५ गते विशेष कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य, प्रहरी प्रभाग इमाडोल ललितपुरका प्रतिनिधि, संस्थाका उच्च व्यवस्थापनका कर्मचारी, कर्पोरेट तथा शाखा कार्यालयका कर्मचारी र स्थानीयको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरुवातमा नायव प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनु भएको थियो । प्रमुख कार्यकारी अधिकृत पंगेनीले कार्यक्रम उद्घाटन गर्दै संस्थामा लामो समयदेखि सेवा गर्दै आएका कर्मचारीलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले संस्थाले अतिविपन्न वर्गलाई वित्तीय सेवा प्रदान गरी उनीहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रमका अवसरमा संस्थामा निरन्तर १० वर्ष सेवा गरेका कर्मचारीलाई सम्मान गरिएको थियो। साथै प्रहरी प्रभाग इमाडोल, ललितपुरलाई आवश्यक स्टेशनरी सामग्री हस्तान्तरण गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाकी कर्मचारी लक्ष्मी अर्यालले गर्नुभभएको थियो । हाल संस्थाले देशका सातै प्रदेशका ५५ जिल्लामा रहेका १६७ शाखा कार्यालयमार्फत करिब १ लाख ९५ हजार ग्राहक सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।











प्रतिक्रिया