स्याङ्जा। .
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जाको निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झविलाल डुम्रेले मतान्तर बढाउँदै विजयी नजिक पुग्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म सम्पन्न मतगणनामा रास्वपाका उम्मेदवार झविलाल डुम्रेले २२ हजार १ सय ३९ मत प्राप्त गर्नुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भागवत प्रकाश मल्लभन्दा उल्लेख्य मतान्तरले अगाडि हुनुहुन्छ ।
नेपाली काँग्रेसका उम्मेदवार भागवत प्रकाश मल्लले हालसम्म १९ हजार ६ सय ७३ मत प्राप्त गर्नुभएको छ । डुम्रे र मल्लबीच करिब दुई हजार चार सयभन्दा बढी मतान्तर रहेको छ । मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बाँकी मतगणना सम्पन्न भएपछि अन्तिम परिणाम सार्वजनिक गरिनेछ । प्रारम्भिक परिणामअनुसार डुम्रेले निरन्तर अग्रता कायम राखेकाले उहाँको जित लगभग सुनिश्चितजस्तै देखिएको स्थानीय निर्वाचन पर्यवेक्षकहरु बताउँछन् ।
यस निर्वाचन क्षेत्रमा अन्य दलका उम्मेदवारहरुले पनि प्रतिस्पर्धा गरे तापनि मुख्य प्रतिस्पर्धा रास्वपा र नेपाली काँग्रेसबीच केन्द्रित भएको देखिएको छ । मतगणना सकिएपछि औपचारिक रुपमा विजयी घोषणा गरिनेछ । एमालेका खिमबहादुर थापाले १२ हजार ७ सय ४९ मत प्राप्त गर्नुभएको छ ।











प्रतिक्रिया