भक्तपुर ।
भक्तपुर क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हासिल गरेको छ। लामो समयदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्ला मानिँदै आएको यस क्षेत्रमा रास्वपाका उम्मेदवार रुकेश रञ्जित विजयी भएका हुन्।
रञ्जितले कुल ३३,४३६ मत प्राप्त गर्दै जित हात पारे। उनका निकटतम प्रतिद्वन्द्वी नेमकिपाका नेता सुनिल प्रजापति सुवालले २८,१४७ मत पाए। यस्तै नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपानेले ४,२८२ मत प्राप्त गरे।
यो परिणामसँगै भक्तपुर–१ मा नेमकिपाको लामो समयदेखि कायम रहेको राजनीतिक पकड अन्त्य भएको छ। रास्वपाको यो जितलाई स्थानीय तथा राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण परिवर्तनको सङ्केतका रूपमा हेरिएको छ।
प्राप्त यो परिणामले नेमकिपा झस्किएको छ ।
२०४६ साल पछि लगातार बिशाल अन्तरले जीत निकाल्दै आएको नेमकिपाका केन्द्रीय कार्यालय यही छ भने र केन्द्रीय पदाधिकारी र सदस्य समेत प्राय यही बस्ने गरेका छन् ।
भक्तपुर नगरपालका अन्तर्गत सबै जनप्रतिनिधी नेमकिपाका रहेका छन् भने प्रदेशसभा सदस्य समेत यही पार्टीका रहेका छन् ।
अब संघीय संसदमा बिगतमा नारायणमान बिजुक्छे,सुनिल प्रजापति,लीला न्याईच्याई ,अनुराधा थापामगर हुँदै प्रेम सुवालसम्मले सदाबहार प्रतिपक्षको रुपमा उठाएको नेमकिपाको आवाज कम्तीमा ५ वर्ष अब नसुनिने भएको छ ।











प्रतिक्रिया